शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयर बजारमा देखिएन विश्वास, लगातार ओरालोतिर कारोबार

बुधबार, मंसिर २१ २०७९
सेयर बजारमा देखिएन विश्वास, लगातार ओरालोतिर कारोबार

काठमाडौं- मिश्रित चुनावी परिणामले नयाँ सरकार गठनमा अन्योल देखिइरहँदा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। जसका कारण उतारचढावमा रहेको बजार निरन्तर ओरालोतिर देखिएको छ। 

आइतबार २.१६ को झिनो अंकले बढेको बजार त्यसपछि निरन्तर ओरालो लागेको हो। सोमबार २४.४६ अंकले घटेको बजार मंगलबार ४.८७ अंकले घटेर १९३३.८८ बिन्दुमा झरेको थियो।

बुधबार १६.६१ अंकले घटेर बजार १९१७.२८ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ। ३७ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५९ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

पछिल्लो ६ महिनायता उतारचढावमा रहँदै उही बिन्दु वरपर घुमिरहेको बजारमा लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। अब बन्ने सरकार र त्यसमा अर्थमन्त्रीसहित उनको नीतिगत विश्वस्तताको पर्खाइ लगानीकर्तामा रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend