शनिबार, साउन १२ गते २०८१    
images
images
images

उपत्यकामा वाटर एटीएम, कस्तो छ प्रयोगको स्थिति?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २१ २०७९
images
images
उपत्यकामा वाटर एटीएम, कस्तो छ प्रयोगको स्थिति?

काठमाडौंमा टेकु, कलङ्की, स्वयम्भू, बाइसधारा, शङ्ख पार्क, शङ्खधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गङ्गालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटीएम सञ्चालनमा छन्। 

images

काठमाडौं- उपत्यकामा वाटर एटीएमको प्रयोजन बढ्न थालेको छ। ‘वाटर भेन्डिङ’ मेसिनबाट रु दुईमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटीएमको प्रयोग बढेको हो।

images
images

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटीएम काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौं महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो। वाटर एटीएमको प्रयोग बढेसँगै हाल उपत्यकाभित्रका काठमाडौंमा १२, ललितपुरमा ८ र भक्तपुरमा १ गरी जम्मा २० एटीएम सञ्चालनमा रहेका छन्।

images

काठमाडौंमा टेकु, कलङ्की, स्वयम्भू, बाइसधारा, शङ्ख पार्क, शङ्खधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गङ्गालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटीएम सञ्चालनमा छन्। 

त्यसैगरी ललितपुरमा नेपाल ईञ्जिनियर्स एशोसियशन, बङ्गलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस र मेन्टल अस्पतालमा एटीएम सञ्चालनमा छन्। भक्तपुरमा हाल भक्तपुर क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनीयर तेजविनोद पाण्डेले जानकारी दिए।

images

वाटर एटीएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटीएम राखिएको छ। मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटीएम व्यवस्था गरिएको हो । त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ।

काठमाडौंको शङ्खधर उद्यान (रत्नपार्क)मा रहेको वाटर एटीएमबाट दैनिकजसो पानी पिउँदै आएका माईक्रो चालक लज श्रेष्ठले वाटर एटीएमबाट सस्तो मूल्यमा पानी पिउन पाउँदा राम्रो लागेको बताए। उनले भने, 'थोरै प्यास लाग्दा पनि पहिला २५/३० रुपैया तिरेर बोतलको पानी पिउने गरेको थिएँ, हाल यहाँ नजिकै वाटर एटीएम राखेकाले सहज भएको छ।' 

त्यसैगरी काठमाडौंको चक्रपथ नजिकै रहेको शङ्खपार्क परिसरमा रहेको वाटर एटीएमबाट पानी पिउने सर्वसाधारण भवानी कार्कीले नेपालमा नयाँ प्रविधि सञ्चालनमा आउँदा राम्रोे लागेको तर कुनैबेला मेसिनबाट गिलास नआउने र कहिले पैसा साट्दा सिक्का नआउने समस्या रहेको बताइन्। साट्न राखेको पैसासमेत फिर्ता नआएको हुँदा समय समयमा मेसिन जाँच गर्नुपर्ने उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend