मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने

मोटा धान प्रतिक्विन्टल २९६७ र मसिनो धान ३१२८ रुपैयाँ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २१ २०७९
images
images
खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस वर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको थियो।

images
images

बर्दिया- राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ। केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो।

images
images
images

बजेटसँगै  निर्देशन पनि आएकाले धान खरिद गर्ने प्रक्रिया अघि बढाइएको उक्त केन्द्रको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज पन्तले बताए। यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मसिनो धान ३ हजार १ सय २८ रुपैयाँ मूल्य तोकेको छ। कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

images
images

बर्दियाको गुलरियास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस वर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको थियो। पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो। रासस

images
images
images


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend