शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चिलिमे हाइड्रोले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?

बुधबार, मंसिर २१ २०७९
चिलिमे हाइड्रोले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?

काठमाडौं- चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

प्रस्ताव गरिएको सो लाभांशमध्ये कम्पनीले चुक्ता पुँजीको ७.५ प्रतिशतले हुन आउने ५० करोड ६३ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो भने ७.५ प्रतिशतनै नगद लाभांश वितरण गर्ने भएको हो।

यसका साथै कम्पनीले लाभांश वितरण प्रयोजनका लागि सेयर दाखिला खारेज मिति (बुक क्लोज) पनि तोकेको छ। कम्पनीले पुस ३ गते एक दिनका लागि बुक क्लोज मिति तोकेको हो।


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend