शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लाभांश घोषणाले पनि बढेन सेयर बजार, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता

मंगलबार, मंसिर २० २०७९
लाभांश घोषणाले पनि बढेन सेयर बजार, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता

म‌ंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ बिन्दुमा झरेको छ।

काठमाडौं- नेप्सेमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेता पनि सेयर बजार भने सकारात्मक भएको छैन। मिश्रित चुनावी परिणामले नयाँ सरकार गठनमा अन्योल देखिइरहँदा सेयर बजारमा समेत प्रभाव देखिएको छ।

जसका कारण उतारचढावमा रहेको बजार मंगलबार पनि बढ्न सकेन। नेप्सेमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेकावेला पनि सेयर बजार बढ्न सकेको छैन।

म‌ंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ बिन्दुमा झरेको छ। मंगलबार २५ लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। 
 

सोमबार ओरालोतिर लागेको थियो। सोमबार २४.४६ अंकले घटेर १९३८.७६ बिन्दुमा पुगेको थियो। आइतबार २.१६ अंकले बढेर १९६३.२२ बिन्दुमा पुगेको बजार सोमबार उच्च अंकले घटेको बजार मंगलबार भने थामिएको छ। 

पछिल्लो ६ महिनायता उतारचढावमा रहँदै उही बिन्दु वरपर घुमिरहेको बजारमा लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। 

अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्। ३२ सय अंकमा पुगेर ओरालो लागेको नेप्से १८ सय अंकमा झरिसकेपछि १९०० को बिन्दुमा घुमेर बसेको छ।


प्रकाशित : मंगलबार, मंसिर २० २०७९०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend