शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेसन जडान गर्ने 

images
images
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेसन जडान गर्ने 

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गरिने बताएको छ।

images
images

काठमाडौं- सेगवे-नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी-चार्जिङ स्टेसनहरू जडान गर्ने घोषणा गरेको छ। यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट-चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै स्कुटर प्रयोगकर्ताहरुले चार्जिङ सेवा प्राप्त गर्नेछन्। 

images
images
images

सेगवेको यो सुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ। सेगवे ई-स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दुरीको यात्रा मज्जाले गर्न सक्ने विश्वस कम्पनीको छ। यो सुविधा फाइदामुलक हुनुका साथै प्रभावकारी हुनेछ किनकी यसले प्रत्येक चार्जिङको समयमा खपत भएको युनिट ट्रयाक गर्दछ र चार्जरहरू फीट गर्न पनि सजिलो हुनेछ। 

images

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गरिने बताएको छ।

images

सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुईपांग्रे सेल्फ-ब्यालेन्सिङ निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ। नेपालमा सेगवे ईभी स्कुटरको क्रेज बढ्दै छन्, यसले ग्राहकहरुको प्रशंसा बटुल्नुका साथै यिनीहरुको विशेषता र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ।

images
images

यसरी ईभी सवारी साधनहरूको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरूले देशभरका पहुँच योग्य स्थानहरूमा चार्जिङ स्टेसनहरू जडान थाल्ने भएको छ। चार्जिङ स्टेसनको स्थापनासँगै ग्राहकहरुको सेगवे प्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ।

नेपालमा विद्युतीय सवारी साधनको प्रवद्र्धन र बिक्री गर्ने धेरै कम्पनी छन्। आई हव प्रालि नेपालमा विद्युतीय सवारी साधनको एक प्रतिष्ठित वितरक कम्पनी हो। बढ्दो क्रेजले कम्पनीलाई काठमाडौंमा चार्जिङ स्टेसनहरू बढाउन प्रेरित गरेको छ र उनीहरू त्यसतर्फ लागेका छन्।

सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमा चार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरू प्राप्त गर्नेछन्। सेगवे विद्युतीय सवारी साधनमा ट्रेन्डसेटर हो। उपत्यकामा चार्जिङ स्टेसनहरू सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्त हुनेछन्।

छोटो दुरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो। यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ-ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो। नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, बिक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो।

२०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे-नाइनबट अस्तित्वमा आएको थियो। हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन्। विश्व-प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे-नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरु सिर्जना गर्नेछ। 

images

प्रकाशित : मंगलबार, मंसिर २० २०७९०८:०५

प्रतिक्रिया दिनुहोस