शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनएमबी बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

मंगलबार, मंसिर २० २०७९
एनएमबी बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन।

काठमाडौं- एनएमबी बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८\७९ को नाफाबाट वितरण गर्ने  लाभांश घोषणा गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाखको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २ सय ४१ रुपैयाँ ६४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।


प्रकाशित : मंगलबार, मंसिर २० २०७९०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend