शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मर्जरमा जाने तयारीमा रहेका दुई लघुवित्तले सेयरधनीलाई ५५.७२ प्रतिशत लाभांश दिने

मंगलबार, मंसिर २० २०७९
मर्जरमा जाने तयारीमा रहेका दुई लघुवित्तले सेयरधनीलाई ५५.७२ प्रतिशत लाभांश दिने

लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्ता पुँजी १ अर्ब ५६ करोडको जम्मा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

काठमाडौं- आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तले नाफाबाट लाभांश वितरणको प्रस्ताव अघि सारेका छन्। दुई कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आकर्षक लाभांश प्रस्ताव गरेको हो। दुई लघुवित्तले ५५.७२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका हुन्। 

मर्जरको सहमति गरेका दुई लघुवित्त कम्पनीले सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेका हुन्। आरएमडीसीले कुल चुक्तापुँजी १ अर्ब २४ करोडको २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

लघुवित्तले २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ भने लाभांश प्रयोजनका लागि १.३६ प्रतिशतले हुन आउने १ करोड ६९ लाख बराबरको नगद लाभांश वितरण गर्ने छ।

यसैगरी साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्ता पुँजी १ अर्ब ५६ करोडको जम्मा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

उक्त लाभांशमध्ये लघुवित्तले २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख बोनस सेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि १.३६ प्रतिशतले हुने २ करोड १४ लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।


प्रकाशित : मंगलबार, मंसिर २० २०७९०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend