शनिबार, वैशाख २२ गते २०८१    
images
images

मर्जरमा जाने तयारीमा रहेका दुई लघुवित्तले सेयरधनीलाई ५५.७२ प्रतिशत लाभांश दिने

images
images
images
मर्जरमा जाने तयारीमा रहेका दुई लघुवित्तले सेयरधनीलाई ५५.७२ प्रतिशत लाभांश दिने

लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्ता पुँजी १ अर्ब ५६ करोडको जम्मा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

images
images

काठमाडौं- आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तले नाफाबाट लाभांश वितरणको प्रस्ताव अघि सारेका छन्। दुई कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आकर्षक लाभांश प्रस्ताव गरेको हो। दुई लघुवित्तले ५५.७२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका हुन्। 

images
images
images

मर्जरको सहमति गरेका दुई लघुवित्त कम्पनीले सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेका हुन्। आरएमडीसीले कुल चुक्तापुँजी १ अर्ब २४ करोडको २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

images

लघुवित्तले २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ भने लाभांश प्रयोजनका लागि १.३६ प्रतिशतले हुन आउने १ करोड ६९ लाख बराबरको नगद लाभांश वितरण गर्ने छ।

images

यसैगरी साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्ता पुँजी १ अर्ब ५६ करोडको जम्मा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

images
images

उक्त लाभांशमध्ये लघुवित्तले २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख बोनस सेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि १.३६ प्रतिशतले हुने २ करोड १४ लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

images

प्रकाशित : मंगलबार, मंसिर २० २०७९०६:००

प्रतिक्रिया दिनुहोस