शनिबार, वैशाख २२ गते २०८१    
images
images

दैनिक तरलतासम्बन्धी कार्यविधि संशोधनमा के के छन् नयाँ व्यवस्था?

images
images
images
दैनिक तरलतासम्बन्धी कार्यविधि संशोधनमा के के छन् नयाँ व्यवस्था?
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले ‘दैनिक तरलतासम्बन्धी कार्यविधि २०७६’ को दोस्रो संशोधन गरेको छ।

images
images
images

राष्ट्र बैंकले दैनिक तरलता उपभोग गरेर समयमा राफसाफ गर्न नसक्दा लाग्ने हर्जना घटाउँदै उक्त कार्यविधि नै संशोधन गरेको हो। संशोधनले तरलता संकटमा रहेका वित्तीय संस्थालाई केही राहत हुने अनुमान गरिएको छ। 

images

यससँगै बैंकले दोब्बर बैंकदरको व्यवस्थालाइ हटाएर बैंकदरमा थप १ प्रतिशत अतिरिक्त व्याज लाग्ने व्यवस्थासमेत गरेको छ। यस्तै बैंकले कार्यविधिमा संशोधन गर्दै सुरक्षणपत्र धरौटी राख्न नसकेमा साविकको सीमाबाट उपयोग भएको ओभरनाइट सुविधा घटाई नयाँ सीमा कायम गरिने व्यवस्था गरेको छ।

images

तर, धितो व्यवस्थापन खाताको सीमासम्म सुविधा उपयोग भई नयाँ सीमा कायम नहुने अवस्थामा दैनिक तरलता सुविधा बन्द गरिने कार्यविधिमा उल्लेख  छ। यस्तो रकम भुक्तान भएपछि धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा भई साविकको सीमा कायम हुनेछ।

images
images

images

प्रकाशित : सोमबार, मंसिर १९ २०७९१२:२३

प्रतिक्रिया दिनुहोस