शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दैनिक तरलतासम्बन्धी कार्यविधि संशोधनमा के के छन् नयाँ व्यवस्था?

सोमबार, मंसिर १९ २०७९
दैनिक तरलतासम्बन्धी कार्यविधि संशोधनमा के के छन् नयाँ व्यवस्था?

काठमाडौं- नेपाल राष्ट्र बैंकले ‘दैनिक तरलतासम्बन्धी कार्यविधि २०७६’ को दोस्रो संशोधन गरेको छ।

राष्ट्र बैंकले दैनिक तरलता उपभोग गरेर समयमा राफसाफ गर्न नसक्दा लाग्ने हर्जना घटाउँदै उक्त कार्यविधि नै संशोधन गरेको हो। संशोधनले तरलता संकटमा रहेका वित्तीय संस्थालाई केही राहत हुने अनुमान गरिएको छ। 

यससँगै बैंकले दोब्बर बैंकदरको व्यवस्थालाइ हटाएर बैंकदरमा थप १ प्रतिशत अतिरिक्त व्याज लाग्ने व्यवस्थासमेत गरेको छ। यस्तै बैंकले कार्यविधिमा संशोधन गर्दै सुरक्षणपत्र धरौटी राख्न नसकेमा साविकको सीमाबाट उपयोग भएको ओभरनाइट सुविधा घटाई नयाँ सीमा कायम गरिने व्यवस्था गरेको छ।

तर, धितो व्यवस्थापन खाताको सीमासम्म सुविधा उपयोग भई नयाँ सीमा कायम नहुने अवस्थामा दैनिक तरलता सुविधा बन्द गरिने कार्यविधिमा उल्लेख  छ। यस्तो रकम भुक्तान भएपछि धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा भई साविकको सीमा कायम हुनेछ।


प्रकाशित : सोमबार, मंसिर १९ २०७९१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend