शनिबार, वैशाख २२ गते २०८१    
images
images

लाभांश घोषणा गर्ने यी ८ हाइड्रो कम्पनी, कुनको बढ्यो कुनको घट्यो?

images
images
images
लाभांश घोषणा गर्ने  यी ८ हाइड्रो कम्पनी, कुनको बढ्यो कुनको घट्यो?
images
images

काठमाडौं- पछिल्लो पटकको बुलिस ट्रेण्डमा छोटो समय ट्रेडिङ गरेर सबैभन्दा धेरै कमाउने हाइड्रोबाटै देखिएका थिए। जुन कमाइ दीर्घकालीन थिएन। दीर्घकालीन लगानी गर्नेहरूका लागि हाइड्रो कम्पनी अझै भरपर्दो हुन सकेको छैन। 

images
images
images

ठूला खेलाडीहरूले होल्ड गर्ने र बिक्री गरेर बाहिरिने गर्दा साना लगानीकर्ता फस्ने हुँदै आएका छन्। बैंक, लघुवित्त, फाइनान्सहरूले राम्रो लाभांश दिने भएकाले सेयर बजार घट्दासमेत खासै ठूलो घाटा हुँदैन। तर हाइड्रो कम्पनीहरूले वर्षौंदेखि लाभांश दिएका छैनन्। जसका कारण महँगो मूल्यमा किन्नेहरू फस्ने गर्दछन्। 

images

कतिपय हाइड्रोपावर कम्पनीहरू भने लगातार लाभांश दिने कम्पनीमा पनि गणना हुने गर्दछ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५९ वटा जलविद्युत कम्पनीमध्ये हालसम्म आठ कम्पनीले आर्थिक वर्ष २०७८ ७९ को लाभांश घोषणा गरेका छन्। 

images

अरुण भ्याली हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, सानिमा माइ हाइड्रोपावर, अरुण कावेली पावर, रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी नेपाल, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोवर र रिडी पावर कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन्।

images
images

सानिमा माइ हाइड्रोपावर, अरुण काबेली पावर र रुरु जलविद्युत परियोजनाले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन्।आठ जलविद्युत कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश रिडी पावर कम्पनीले दिने भएको हो।

रिडीले सेयरधनीहरूका लागि ४० प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि २.१ प्रतिशत नगद लाभांश गरी कुल ४२.१ प्रतिशत लाभांश दिने भएको हो।

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोवरले भने यो वर्ष नगद लाभांश मात्र वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले सेयरधनीरूलाई १०.५२६ प्रतिशत नगद लाभांश दिने भएको हो।  माउन्टेन इनर्जी नेपालले पनि यो वर्ष सेयरधनीरूको लागि नगद लाभांश मात्र दिने भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

रुरु जलविद्युत परियोजनाको भने प्रस्तावित १० प्रतिशत लाभांश सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश १७औं साधारण सभा मार्फत् पारित समेत भइसकेको छ। गत वर्ष पनि कम्पनीले सोही दरमा लाभांश दिएको थियो।

यस्तै, अरुण कावेली पावरको पनि प्रस्तावित १० प्रतिशत लाभांश सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत लाभांश १२औं साधारण सभामार्फत् पारित भइसकेको छ। 

कम्पनीको उक्त प्रस्ताव कात्तिक ३० गतेको साधारण सभाले पारित गरेको हो। गत वर्ष कम्पनीले १७ प्रतिशत लाभांश सेयर ०.८९ प्रतिशत नगद लाभांश दिएको थियो।

सानिमा माइ हाइड्रोपावरको प्रस्तावित ५.२७ प्रतिशत नगद लाभांश ११औं वार्षिक साधारण सभामार्फत् कात्तिक २ गते पारित गरिसकेको छ। गत वर्ष भने कम्पनीले १० प्रतिशत लाभांश सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिएको थियो। यो वर्ष कम्पनीले नगद लाभांशमा जोड दिएको छ। नेपाल हाइड्रो डेभलपर्सले यो वर्ष ५ प्रतिशत लाभांश सेयर र कर तिर्नका लागि ०.०२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

गत वर्ष कम्पनीले ७ प्रतिशत लाभांश सेयर र ०.३६८ नगद लाभांश गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गरेको थियो। अरुण भ्याली हाइड्रोपावरले यो वर्ष सेयरधनीरूको लागि ८ प्रतिशत लाभांश सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

गत वर्ष कम्पनीले १० प्रतिशत लाभांश सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीले गत वर्षको तुलनामा लाभांश दर घटाएको छ।

images

प्रकाशित : मंगलबार, मंसिर २० २०७९०२:१०

प्रतिक्रिया दिनुहोस