शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आइतबारको झिनो वृद्धिपछि सोमबार ओरालोतिर सेयर बजार

सोमबार, मंसिर १९ २०७९
आइतबारको झिनो वृद्धिपछि सोमबार ओरालोतिर सेयर बजार

काठमाडौं- मिश्रित चुनावी परिणामले नयाँ सरकार गठनमा अन्योल देखिइरहँदा सेयर बजारमा समेत प्रभाव देखिएको छ। जसका कारण उतारचढावमा रहेको बजार सोमबार ओरालोतिर लागेको छ। 

आइतबार २.१६ अंकले बढेर १९६३.२२ बिन्दुमा पुगेको बजार सोमबार घटेको हो। सोमबार २४.४६ अंकले घटेर १९३८.७६ बिन्दुमा पुगेको छ। आइतबार १ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ। 

पछिल्लो ६ महिनायता उतारचढावमा रहँदै उही बिन्दु वरपर घुमिरहेको बजारमा लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। 

 


प्रकाशित : सोमबार, मंसिर १९ २०७९०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend