शनिबार, वैशाख ८ गते २०८१    
images
images

बेनेलीको एक्सक्लुसिभ शोरुम अब पोखरामा

images
images
बेनेलीको एक्सक्लुसिभ शोरुम अब पोखरामा

पोखरामा नयाँ शोरुम १८ सय र्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ।

images
images

काठमाडौं- बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ। 

images
images
images

अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्।

images

पोखरामा नयाँ शोरुम १८ सय र्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ। यो शोरुममा थ्रीएस सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन्। पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशिलता प्रदान गर्नेमा विश्वस्त छ।

images

बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर प्रदान गर्नेे भएको छ। साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ। 

images
images

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग-बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ। यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो।

नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन्। यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन्। यी मोटरसाइकलहरू १२५ सीसीदेखि ७५० सीसीसम्मको इन्जिन क्षमतामा उपलब्ध छन् र यीनहरुको मूल्य २ लाख ६४ हजार ९ सयदेखि २५ लाख १५ हजारसम्म पर्दछ। 

images

प्रकाशित : सोमबार, मंसिर १९ २०७९०८:०१

प्रतिक्रिया दिनुहोस