शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनएमबि बैंकको ४४ हजार संस्थापक कित्ता सेयर बिक्रीमा, कसले कति दिने आवेदन?

सोमबार, मंसिर १९ २०७९
एनएमबि बैंकको ४४ हजार संस्थापक कित्ता सेयर बिक्रीमा, कसले कति दिने आवेदन?

काठमाडौं- एनएमबि बैंकको ४४ हजार ६७१ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। सेयर बैंकले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो।  

इच्छुक संस्था वा व्यक्ति जो कोहीले बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

सेयरको न्युनतम मूल्य बैंकले १८० रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। न्युनतम पाँच हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकले मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्ने जनाएको छ। बोलकबोलमा पुस ४ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।


प्रकाशित : सोमबार, मंसिर १९ २०७९०४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend