शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सजिलो सेवा अब पोखरामा

आइतबार, मंसिर १८ २०७९
सजिलो सेवा अब पोखरामा

कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरूलाई रोजगारी प्रदान गर्ने लक्ष लिएको छ।

काठमाडौं- नेपालको पहिलो डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार), ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ l अब पोखरेली सेवाग्राहीहरूलाई सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरू जस्तै प्लम्बिंग, इलेक्ट्रिकल, देखि होम सलून सम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् l

सन् २०१७ देखि  काठमाडौँ उपत्यका भित्र सञ्चालनमा आएर ५०,००० भन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको हो l

कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरूलाई रोजगारी प्रदान गर्ने लक्ष लिएको छ।

हालसम्म कम्पनीले २५० भन्दा धेरै सेवाग्राही मार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ l 

पोखरामा पनि मध्यम वर्गीय जनसंख्याको संख्या बढ्ने क्रममा छ l यसका साथै पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रबिन्दु पनि हो र पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य रहने हुनाले यहाँको घर, अफिस तथा पर्यटकहरूलाई  सजिलो सेवा सान्दर्भिक हुने हुनाले यहाँ सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए l

सजिलो सेवा पोखराका प्रमुख विमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने छl सेवा प्रदायकहरू सजिलो सेवासँग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिलेनै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए l  

पोखरामा सजिलो सेवासँग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट www.sajiosewa.com, एप वा ०६१५७८३३३ मार्फत आफ्नो नाम टिपाउन सक्ने छन् l सेवाग्राहीले पहिलो ३ महिनासम्म सजिलो सेवाको एपमार्फत  अर्डर गर्दा “sajiloapp” प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त छुट पाउने कम्पनीले जानकारी दिएको छ।


प्रकाशित : आइतबार, मंसिर १८ २०७९१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend