शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

६ महिनादेखि स्थिर सेयर बजार नयाँ सरकार गठनपछि के होला?

सोमबार, मंसिर १९ २०७९
६ महिनादेखि स्थिर सेयर बजार नयाँ सरकार गठनपछि के होला?

काठमाडौं- बिहीबार दोहोरो अंकको वृद्धि भएको सेयर बजार आइतबार पुनः स्थिर देखिएको छ। बिहीबारको सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको थियो।

बिहीबार नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुगेको थियो। आइतबार २.१६ अंकले बढेर १९६३.२२ बिन्दुमा पुगेको छ भने कारोबार रकममा लगातार सुधार देखिएको छ। आइतबार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको हो। 

चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको उनीहरूको भनाइ छ।

अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्। ३२ सय अंकमा पुगेर ओरालो लागेको नेप्से १८ सय अंकमा झरिसकेपछि १९०० को बिन्दुमा घुमेर बसेको छ। 

६ महिनादेखि स्थिर सेयर बजार

पछिल्लो ६ महिनायता सेयर बजार स्थिर देखिएको छ। लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति लिँदा स्थिर देखिएको हो। गत २८ बैशाखमा २३ सय ६९ अंकबाट ओरालो लाग्दै आएको छ। ६ महिनायता सबैभन्दा कम बिन्दु १८४८ मा ओर्लिएको थियो। त्यसयता भने १९०० को बिन्दु वरपर घुमिरहेको छ। 

nepse 1111.JPG

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले पनि सेयर बजारमा समेट्न नसकेपछि बजार अझै स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनर्दन शर्माले अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै आएका छन्।

सूचकहरु पनि सुधार नै देखिएका छन्। तर पनि  सेयर बजारमा बढ्न सकेको छैन। झण्डै दुई वर्षपछि देशबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा बढी देखिएको छ। बैंकिङ तरलता बढ्ने र ब्याजदर घट्ने आशा पलाएपनि लगानीकर्ता विश्वस्त हुन सकेका छैन। 

नयाँ सरकार गठन पछि के हाेला?

सरकारले निर्माण आयोजनामा खर्च बढाउन नसक्दा पनि अर्थतन्त्र चलायमान हुन सकेको छैन। दोस्रो त्रैमासपछि विकास बजेट खर्च हुने अनुमान गरिएको छ। घट्दो प्रबृत्ती टुंगिएको हुन सक्ने अनुमान लगाउन थालिए पनि टुंगिएको छैन। सेयर बिश्लेषक छोटेलाल रौनियार सेयर बजारले नयाँ सरकार खोजिरहेको बताए।

‘राष्ट्र बैंकले अर्थतन्त्र सुधारका धेरै प्रयास जारी राखेको छ, जसको प्रभाव पनि देखिदैँछ,’ रौनियारले भने। अबको केही सातापछि सेयर बजारमा सकारात्मक प्रभाव देखिने उनको बुझाई छ। लाभांश धमाधम घोषणा भइरहेकाले पनि लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा फेरी सेयर स्थिर देखिएको दाबी समेत रौनियारको छ। 

चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको उनीहरूको भनाइ छ। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, मंसिर १९ २०७९०२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend