शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आकर्षक लाभांश चर्चाकैबीच नबिलको सेयर मूल्यमा गिरावट, कस्तो आउला लाभांश ?

आइतबार, मंसिर १८ २०७९
आकर्षक लाभांश चर्चाकैबीच नबिलको सेयर मूल्यमा गिरावट, कस्तो आउला लाभांश ?

आइतबार पनि सबैभन्दा धेरै नबिल बैंकको सेयर कारोबार भएको छ। नेप्सेका अनुसार आइतबार नबिलको सेयर १९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। बैंकको आइतबार २ लाख २१ हजार कित्ता किनबेच भएको  छ।

काठमाडौं- लगानीकर्तालाई केही दिनमै आकर्षक लाभांश आउने चर्चाकाबीच नबिल बैंकको सेयर मूल्य भने घटेको छ। नबिलको आइतबार मात्रै प्रतिकित्ता ३१ रुपैयाँले घटेको छ। पछिल्लो दुई सातादेखि लगातार सकारात्मक वृद्धि भइरहेको नबिलको सेयर मूल्य भने घटेको छ। आइतबार नबिलको सेयर मूल्य प्रतिकित्ता ८८२ रुपैयाँमा झरेको छ।

आइतबार पनि सबैभन्दा धेरै नबिल बैंकको सेयर कारोबार भएको छ। नेप्सेका अनुसार आइतबार नबिलको सेयर १९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। बैंकको आइतबार २ लाख २१ हजार कित्ता किनबेच भएको  छ।

nabil 11.JPG

बैंकले सम्भव ३० देखि ४० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ। लाभांश घोषणपछि पुनः सेयर मूल्य घट्ने अनुमानमा सेयर बिक्री गरेर लगानीकर्ता बाहिरिँदा सेयर मूल्य घटेको हो। 

विभिन्न वित्तीय तथा वाणिज्य बैंकहरूले नगद लाभांश मात्रै सार्वजनिक गरिरहेका बेला नबिलले नगद र बोनस सेयर आधा आधा दिने सम्भावना रहेको छ। 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४।०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५.१ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३।२८ रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend