शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

लयमा फर्कियो पुष्प व्यवसाय

images
आइतबार, मंसिर १८ २०७९
images
लयमा फर्कियो पुष्प व्यवसाय

अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अवस्था छ ।

images
images

काठमाडौं- कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ। 

images
images
images

अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत रुपमा नै सञ्चालनमा छन् । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले जसरी नै हुन थालेको छ । त्यति मात्रै होइन यसवर्ष गत वैशाखमा स्थानीय तहको निर्वाचन र यही मङ्सिर ४ गते भएको आम निर्वाचनका कारण पनि यसवर्ष उल्लेख्य मात्रामा फूलको कारोबार भएको बताइएको छ ।

images
images

विगत तीन वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगन्य मात्र भएको थिएन यस व्यवसायले दैनिक एक करोडसम्मको नोक्सानी सामना गर्नुपरेको फ्लोरी कल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए। 

images
images

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अवस्था छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको अध्यक्ष तामाङले जानकारी दिए। नेपालमा हाल व्यवसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको जनाइएको छ ।

 नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । एशोसिएशनले चालू आर्थिक वर्षमा विगतका वर्षभन्दा २० करोड बढी कारोबार गर्ने लक्ष्य लिएको छ । चालु आवका लागि   दुई अर्ब ५० करोडको लक्ष्य रहेको छ । गतवर्ष  दुई अर्ब ३० करोडको लक्ष्य लिइएको थियो । 

 महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठीन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यसवर्ष लक्ष्यमा पुग्न समस्या नहुने विश्वास एशोसिएशनले लिएको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । रासस


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend