शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बिहीबार दोहोरो अंकले बढेको सेयर बजार आइतबार पुनः स्थिर

आइतबार, मंसिर १८ २०७९
बिहीबार दोहोरो अंकले बढेको सेयर बजार आइतबार पुनः स्थिर

बुधवार पनि सेयर बजारमा झिनो अंकले गिरावट आएको थियो। बुधवार पनि ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा पुगेको सीमित भएको थियो। 

काठमाडौं-गत साताको बिहीबार दोहोरो अंकको बृद्धि भएको सेयर बजार आइतबार पुनः स्थिर देखिएको छ। बिहीबारको सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको थियो। बिहीबार सेयर बजार परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुगेको थियो। 

आइतबार २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको छ। भने कारोबार रकममा लगातार सुधार देखिएको छ। १ अर्ब ५६ करोड रुपैयाँ भएको छ। आइतबार पनि सबैभन्दा धेरै नबिल बैंकको सेयर कारोबार भएको छ। नेप्सेका अनुसार आइतबार नबिलको सेयर १९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ।  आइतबार ९७ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य भने घटेको छ। 

बुधवार पनि सेयर बजारमा झिनो अंकले गिरावट आएको थियो। बुधवार पनि ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा पुगेको सीमित भएको थियो। 

बिहीबार सेयर कारोबारमा पनि वृद्धि भएको थियो। नेप्सेका अनुसार बिहीबार १ अर्ब ३२ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। बुधबार  ८४ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो। बिहीबारको सेयर बजारमा १०७ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको कम्पनीको सेयर मूल्य घटेको थियो। 

चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको उनीहरूको भनाइ छ। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।

 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend