शनिबार, वैशाख ८ गते २०८१    
images
images

संसारका १० महँगा कार 

images
बिजनेस न्युज
images
संसारका १० महँगा कार 

महँगा कार ब्रान्डमा फरारीदेखि रोल्स रोयससम्म, मर्सिडिजदेखि बुगाटीसम्म छन्। त्यस्तै लिम्बर्गिनी पनि महँगो कार बनाउने कम्पनी हो। यी नै ब्रान्डहरुले बनाएका मध्य नै पर्छन् संसारका महँगा कार।

images
images

काठमाडौं- महँगा कार भन्ने वित्तिकै हामीलाई टोयोटा, मर्सिडिज, ल्यान्ड रोभरलगायत ब्रान्डका कारको याद आउँछ। तर विश्वमा सयौं ब्रान्डका कार उत्पादन तथा बिक्री हुने गरेको छ। 

images
images
images

कार चढ्नेहरुलाई आफूले चढेको भन्दा महँगो र राम्रो कार चढ्ने चाहना हुनु स्वभाविक हो। तर संसारमा अत्याधिक महँगा कार समेत उत्पादन हुँदै आएका छन् जुन मध्यम आय भएका मानिसहरुको कल्पनाभन्दा बाहिर हुन्छ। त्यस्ता कारहरु धनाढ्यहरुले मात्र खरिद गर्न सक्छन्। 

images

महँगा कार ब्रान्डमा फरारीदेखि रोल्स रोयससम्म, मर्सिडिजदेखि बुगाटीसम्म छन्। त्यस्तै लिम्बर्गिनी पनि महँगो कार बनाउने कम्पनी हो। यी नै ब्रान्डहरुले बनाएका मध्य नै पर्छन् संसारका महँगा कार। यी हुन् मोटो वानले लेखेको संसारका १० महँगा कारः 

images

१०. पगनी ह्वायरा रोडस्टार बीसी 

images
images

इटालीको स्पोर्टस कार उत्पादन कम्पनी पगनीले उत्पादन गरेको ह्वायरा रोडस्टार बीसीको मूल्य ३५ लाख अमेरिकी डलर तोकिएको छ। यो कारमा ६.० लिटर भी१२ ट्वीन टर्बोचाज्र्ड इनिजन रहेको छ। कम्पनीले यो कार ४० वटमात्र उत्पादन गरेको छ। 

९. बुगाटी चिरोन प्युर स्पोर्ट

बुगाटी सुपर कार उत्पादनमा निक्कै चर्चित कम्पनी हो। बुगाटीले बनाएको चिरोन प्युर स्पोर्टमा ८.० लिटर क्वाड टर्बो डब्लू१६ इन्जिन रहेको छ। यो इन्जिनले १५ सय एचपी पावर दिन्छ। यो कारको मूल्य ३६ लाख डलर पर्छ। बुगाटीले चिरोन प्युर स्पोर्ट २०२० को अन्तिम तिरबाट उत्पादन गरेको थियो। 

८. ल्याम्बर्गिनी सान

इटालीयन ब्रान्ड ल्याम्बर्गिनीले उत्पादन गरेको यो कारको मूल्य ३६ लाख डलर छ। ६.५ लिटर भी१२ इन्जिन भएको यो कारमा ४८ भोल्टको लाइल्ट हाइब्रिड सिस्टम समेत छ। कम्पनीले सान ६३ वटा मात्र उत्पादन गरेको हो। 

७. बुगाटी चिरन सुपर स्पोर्ट ३००प्लस

बुगाटीले चिरन सुपर स्पोर्ट ३००प्लस कार जम्मा ३० वटामात्र बनाएको छ। यो कारको मूल्य ३९ लाख डलर तोकिएको छ। यो कार प्रतिघण्टा ३०० माइलभन्दा छिटो गतिमा कुद्न सक्छ। चिरन सुपर स्पोर्ट ३००प्लस यो वर्षबाट उत्पादन थाल्ने कम्पनीले जनाएको छ। 
६. ल्याम्बर्गिनी भेनेनो

ल्याम्बर्गिनीले उत्पादन गरेको भेनेनो कारको मूल्य ४५ लाख डलर पर्छ। यो कार एभेन्टाडोरमा आधारित रहेर जम्मा १४ वटा मात्र बनाएको थियो। २०१४ र ०१५ मा यो कार उत्पादन भएको थियो। भेनेनोमा ६.५ लिटर भी१२ इन्जिन प्रयोग गरिएको छ। 

lamborghini-veneno.jpg

५. बुगाटी डिभो

यो बुगाटीले बनाएको अर्को महँगो कार हो। यसको मूल्य ५८ लाख डलर पर्छ। बुगाटीको चिरोनभन्दा केही हलुको भएपनि डिभो महँगा छ। कम्पनीले यो कार ४० वटा मात्र उत्पादन गरेको हो। 

bugatti divo.jpg

४. मर्सिडिज मेब्याक एक्सेलेरो

जर्मन कार उत्पादक मर्सिडिज बेन्जले उत्पादन गरेको मेब्याक एक्सेलेरोको मूल्य १ करोड डलर(अहिलेको बजार भाउमा) पर्छ। यो कार कम्पनीले २००४ मै बनाएको थियो। मेब्याक एक्सेलेरोमा ट्वीन टर्बो भी१२ इन्जिन प्रयोग गरिएको छ। 

mercedes-maybach-exelero.jpg

३. बुगाटी चेन्टोडिएसी

बुगाटीले यो कार आफ्नो स्थापनाको १ सय १० वर्ष पुरा गरेको अवसरमा उत्पादन गरेको हो। यो कार जम्मा १० वटामात्र उत्पादन भएको छ। यसको मूल्य ९० लाख डलर पर्छ। 

२. बुगाटी ला भोयचर नोयर 

बुगाटीले बनाएको यो कार विश्वकै सबैभन्दा महँगो कार मध्येको एक हो। यो कारमा क्वाड टर्बो ८.० लिटर डब्लू१६ इन्जिन रहेको छ। यो इन्जिनले १ हजार ४ सय ७९ एचपी पावर र १६ सय एनएम टर्क दिन्छ। यो कारको मूल्य १ करोड ८७ लाख डलर पर्छ। 

१. रोल्स रोयस बोट टेल

रोल्स रोयसको बोट टेल कार संसारकै महँगो कार हो। यो कारको मूल्य २ करोड ८० लाख डलर पर्ने कम्पनीले जनाएको छ। २०१७ मा रोल्स रोयसले उत्पादन गरेको स्वीपटेलको सफलतापछि कम्पनी बोट टेल उत्पादन गर्ने निष्कर्षमा पुगेको हो। 

स्वीपटेलको मूल्य १ करोड २८ लाख डलर तोकिएको थियो। कम्पनीले यो कार बनाउने घोषणा गरेर डिजाइमात्र सार्वजनिक गरेको छ। रोल्स रोयस बोट टेल उत्पादन हुन केही सयम लाग्ने छ। 

images

प्रकाशित : शनिबार, असोज ३० २०७८०४:५३
प्रतिक्रिया दिनुहोस