शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

विश्व बैंकको लगानीमा पूराना पुलको अध्ययन गर्दै सरकार 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १८ २०७९
images
विश्व बैंकको लगानीमा पूराना पुलको अध्ययन गर्दै सरकार 

हालसम्म नेपालमा भएका पुलहरूको एकीकृत विवरणकै अभाव छ। यस्तोमा देशमा भएका कुन पुलको अवस्था के कस्तो छ भन्ने तथ्यांक राख्न र सोही अनुसारको लगानी योजना बनाउन सहयोगी हुने परियोजनाको विश्वास छ। 

images
images

काठमाडौं- सरकारले देशभरका पुलहरूको अवस्थाका बारेमा अध्ययन गर्ने भएको छ। सडक विभागले देशभर रहेका पुलहरूको अवस्था, आयु लगायतका विषयमा अध्ययन गर्ने भएको छ। 

images
images
images

दोस्रो चरणको पुल सुधार तथा मर्मत परियोजना अन्तर्गत विभागले अहिले सञ्चालनमा रहेका पुलहरूको निर्माण संरचनादेखि प्राविधिक पक्षको अध्ययन गर्ने छ। 

images
images

पुलको निर्माण मिति, प्रविधि, अहिलेको अवस्था र भविष्यसम्मको प्रयोगका सन्दर्भमा अध्ययन हुने छ। यसका लागि विभागले परामर्श सेवा लागि टेन्डर आव्हान गरेको छ। 

images
images

विभागको टेन्डरबाट छनौट भएको परामर्शदाताले पुलको सुरक्षित उपयोगको अवस्था र त्यसका लागि गर्नुपर्ने मर्मत सुधार वा निर्माणका बारेमा प्राविधिक पक्षसहितको निष्कर्ष विभागलाई दिने छ। 

हालसम्म नेपालमा भएका पुलहरूको एकीकृत विवरणकै अभाव छ। यस्तोमा देशमा भएका कुन पुलको अवस्था के कस्तो छ भन्ने तथ्यांक राख्न र सोही अनुसारको लगानी योजना बनाउन सहयोगी हुने परियोजनाको विश्वास छ। 

पछिल्लो समय विश्व बैंकले नेपालको सडक पूर्वाधारमा लगानी बढाउँदै आएको छ। सुरक्षित र द्रुत सडक यात्राका लागि पूराना संरचनामा पनि लगानी गर्नुपर्ने भएकाले पुलको अवस्थाको खोजी गर्न लागिएको हो। 

 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend