शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

२६ मध्ये १३ बैंकको लाभांश प्रस्ताव, आकर्षक लाभांश दिने कम्पनीको घोषणाको तयारी, कुनको कति आयो ?

घोषणा गरेका १३ बैंकहरुले ५ प्रतिशत २० प्रतिशतसम्म लाभांश घोषणा

आइतबार, मंसिर १८ २०७९
२६ मध्ये १३ बैंकको लाभांश प्रस्ताव, आकर्षक लाभांश दिने कम्पनीको घोषणाको तयारी, कुनको कति आयो ?

२६ वाणिज्य बैंकहरुमध्ये आधा अर्थात १३ बैंकले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन्। 

काठमाडौं-  वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्। २६ वाणिज्य बैंकहरुमध्ये आधा अर्थात १३ बैंकले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन्। 

घोषणा गरेका १३ बैंकहरुले ५ प्रतिशत २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। बाँकी रहेका बैंकहरु मध्ये नबिल बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गर्ने अनुमान गरिएको छ। नबिलले यो वर्ष पनि ४० प्रतिशत हाराहारी लाभांश दिने अनुमान गरिएको छ।

बैंक अफ काठमाण्डू, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, कुमारी, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट, सानिमा, नेपाल एसबीआई, सिटिजन्स, प्रभु, मेगा र सेञ्चुरी बैंकले लाभांश घोषणा गरिसकेका छन्।

त्यस्तै नबिल बैंक, एनआईसी एसिया, हिमालयन, एनएमबि बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल बैंक, माछापुच्छ्रे, लक्ष्मी, सनराइज बैंक, सिभिल बैंकले घोषणा गर्न बाँकी छ। राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचिकृत छैन। 

घोषण हुन बाँकी रहेका नबिल र एनआईसीले धेरै लाभांश घोषणा गर्ने अनुमान गरिएको छ। 

बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरि २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ। एभरेष्टले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरेर २०.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश घोषणा गरेको  ग्लोबल आईएमईले ४ प्रतिशत बोनस सेयर र १०.६० प्रतिशत नगदगरी १३.६० प्रतिशत लाभांश घोषणा गरेको छ। कुमारीले १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।   

एनसीसी बैंकले ३.३७ प्रतिशत बोनस सेय र ७.६८ प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश घोषणा गरेको छ। नेपाल इन्भेष्टमेन्टले ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगदगरी ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगदगरी १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ।  

नेपाल एसबीआई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगदगरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सिटिजन्सले ९ प्रतिशत नगद लाभांश दिँदैछ। प्रभुले  ६.५० प्रतिशत बोनस सेयर र १.५० नगदगरी ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

मेगाले ५ प्रतिशत बोनस सेयर र ३.३८ प्रतिशत नगदगरी ७.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। त्यस्तै सेञ्चुरी बैंकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगदगरी ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend