शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंकमा ऋणको चाप परेपछि जीवन बीमाबाट ऋण लिने बीमित बढ्दै, पहिलो तीन महिनामै ३५ प्रतिशतले वृद्धि

मंगलबार, मंसिर २० २०७९
बैंकमा ऋणको चाप परेपछि जीवन बीमाबाट ऋण लिने बीमित बढ्दै, पहिलो तीन महिनामै ३५ प्रतिशतले वृद्धि

काठमाडौं- बैंकबाट ऋण पाउन मुस्किल भएपछि बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिन थालेका छन्। पछिल्लो समय जीवन बीमाका बीमितहरू कर्जामा आकर्षित भएका छन्।

कम्पनीबाट ऋण लिँदा बीमालेखबाहेक अन्य केही पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रियामा झनझट हुँदैन। जस कारणले गर्दा बीमालेख धितो राखी कर्जा लिने बीमितको आकर्षण बढ्दै गएको देखिन्छ। तर बीमितले सीमित अवधिमा मात्रै बीमालेख धितोमा साक्षी राखी ऋण लिन पाउनेछन्।

आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको बीमालेख धितोकर्जा ३५ प्रतिशतले बढेको  छ।  जीवन बीमा कम्पनीहरूले ७३ अर्ब ६२ करोड रुपैयाँ ऋण प्रवाह  गरेका छन्। गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीहरूले ५४ अर्ब २२ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका थिए।

नाफा र  बीमालेखका हिसावले सवैभन्दा ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितोमामा पनि पहिलो नै भएको छ। तीन महिनाको अवधिसम्ममा कम्पनीको बीमालेख धितोमा राखि २६ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लिएका छन्।

गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० अर्ब ५७ करोड रुपैयाँ कर्जा दिएको थियो। गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमालेख धितोकर्जा २९ प्रतिशतले बढेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ। एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी १९ अर्ब ८९ करोड रुपैयाँ कर्जा लिएका छन्।

नेशनल लाइफका बीमितले बीमालेख धितो राखी ८ अर्ब ९७ करोड, एशियन लाइफका बीमितले ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लिएका छन्। प्राइम लाइफका बीमितले २ अर्ब ३२ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले २ अर्ब १ करोड, सूर्या लाइफका बीमितले २ अर्ब ७ करोड, मेट लाइफका बीमितले १ अर्ब ३१ करोड, गुराँस लाइफका बीमितले १ अर्ब १९ करोड, यूनियन लाइफका बीमितले १ अर्ब १७ करोड रुपैयाँ कर्जा लिएका छन्।

सिटिजन लाइफले बीमालेख धितोमा राखी ३७ करोड ७४ लाख, रिलायबल नेपाल लाइफले १८ करोड १४ लाख, ज्योति लाइफले ९२ करोड २३ लाख, रिलायन्स लाइफले ५६ करोड ६१ लाख, आइएमई लाइफले ४२ करोड ७३ लाख रुपैयाँ र सन नेपाल लाइफले ३९ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। त्यस्तै, सानिमा लाइफबाट २३ करोड ९१ लाख, प्रभु लाइफबाट ४७ करोड २७ लाख र महालक्ष्मी लाइफबाट २३ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका छन्।


प्रकाशित : मंगलबार, मंसिर २० २०७९०४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend