शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सामाजिक सुरक्षा कोषमा २६ अर्ब योगदान, २ अर्ब ७० करोड दाबी भुक्तानी

आइतबार, मंसिर १८ २०७९
सामाजिक सुरक्षा कोषमा २६ अर्ब योगदान, २ अर्ब ७० करोड दाबी भुक्तानी

कोषले दिएको तथ्यांक अनुसार मंसिर १० गतेसम्म कोषले २६ अर्ब रकम संकलन गरेको छ। २६ अर्बको कोष बनाएको कोषले २ अर्ब ७० करोडको दाबी भुक्तानी गरेको छ। 

काठमाडौं- निजी तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक कर्मचारीको सामाजिक सुरक्षा ग्यारेन्टी गर्नका लागि भन्दै सरकारले स्थापना गरेको समाजिक सुरक्षा कोषमा उत्साहजनक सहभागीता अझै देखिएको छैन। 

कोषका अनुसार हालसम्म जम्मा १७ हजार ५०७ संस्था(रोजगारदाता) कोषमा दर्ता भएका छन्। जम्मा १७ हजार कम्पनीले आफ्ना कर्मचारीलाई कोषको संरचनामा दर्ता गरेका छन्। 

हालसम्म जम्मा ३ लाख ७५ हजार ९०४ कर्मचारी जोडिएका छन्। 

कोषले दिएको तथ्यांक अनुसार मंसिर १० गतेसम्म कोषले २६ अर्ब रकम संकलन गरेको छ। २६ अर्बको कोष बनाएको कोषले २ अर्ब ७० करोडको दाबी भुक्तानी गरेको छ। 

दाबी भुक्तानीमा सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत भएको छ। कोषका अनुसार हालसम्म २ अर्ब २६ करोड रुपैयाँ यही योजनामा भुक्तानी भएको छ। त्यस्तै दुर्घना तथा अशक्तता योजनामा ३६ करोड भुक्तानी भएको छ। औषधि उपचार शीर्षकमा ३१ करोड  र आश्रित परिवार सुरक्षा योजनामा ५ करोड भुक्तानी भएको छ। 

 

 

 

 

 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend