शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

विश्वका चर्चित प्रिमियम ब्रान्डका कार, जो नेपाली सडकमा गुड्छन्

images
बिजनेस न्युज
images
images
विश्वका चर्चित प्रिमियम ब्रान्डका कार, जो नेपाली सडकमा गुड्छन्

सामान्य कारदेखि करोडौं मूल्य पर्ने विश्वका चर्चित ब्रान्डका कार उपलब्ध छन्। बजारमा ठूलो हिस्सा भारत निर्मित कारको रहेपछि युरोपेली तथा अमेरिकी ब्रान्डका कार समेत धेरैको रोजाइमा पर्ने गरेको छ। 

images
images

काठमाडौं- नेपालसँग कारको नाता त्यति लामो छैन। राणाहरुले आफ्नो सोख पुरा गर्न भीमफेदीबाट कार बोकाएर काठमाडौं ल्याएका थिए। समयक्रमसँगै बाटोको विस्तार, आममानिसको खर्चगर्ने क्षमता बढ्दै जाँदा नेपाली बजारमा कारको आधिकारिक सोरुम नै खोलेर कार बिक्री गर्ने थाले। 

images
images
images

अहिलेसम्म आइपुग्ला नेपाली बजारमा दर्जनौं ब्रान्ड कार उपलब्ध छन्। सामान्य कारदेखि करोडौं मूल्य पर्ने विश्वका चर्चित ब्रान्डका कार उपलब्ध छन्। बजारमा ठूलो हिस्सा भारत निर्मित कारको रहेपछि युरोपेली तथा अमेरिकी ब्रान्डका कार समेत धेरैको रोजाइमा पर्ने गरेको छ। 

images

यहाँ नेपाली बजारमा उपलब्ध प्रिमियम कार ब्रान्ड कारे उल्लेख गरिएको छ। 

images

टेस्ला

images
images

टेस्ला अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी हो। यो कम्पनी अहिले विश्व बजारमा सर्वाधिक चर्चामा छ। टेस्लाले बनाएको विद्युतीय कारको माग संसारभर नै छ। उच्च प्रविधियुक्त र धेरै माइलेज दिने टेस्लाका विद्युतीय कार निक्कै आकर्षक छन्। 

नेपाली बजारमा टेस्लाका मोडल एक्स, मोडल थ्री लगायत कार बिक्री भएका छन्। टेस्लाकार कार अरेटी इन्टरनेशनलले उपलब्ध गराउँदै आएको छ। 

जिप 

अमेरिकी आइकोनिक ब्रान्ड जिप केही वर्षअघि औपचारिक रुपमा नेपाल भित्रिएको हो। जिप नेपाली बजारमा एमएडब्लू लाइफले बिक्री गरिरहेको छ। एमएडब्लूले सुरुमा भारतमा निर्मित जिप कम्पास नेपाल ल्याएको थियो।

त्यसको केही समयपछि कम्पनीले अमेरिकामै उत्पादित जिप र्‍याङलरसहित अन्य केही मोडल ल्याएर बिक्री गर्दै आएको छ। असोज २१ गते अमेरिकी राजदूतले जिप र्‍याङलरको औपचारिक सार्वजनिक गरको थिए। प्रिमियम सेगमेन्टमा जिपले धेरैलाई आकर्षित गरेको कम्पनीले जनाएको छ।  

बीएमडब्लू

जर्मन विलासी कार ब्रान्ड बीएमडब्लू विगत लामो समययता नेपाली सडकमा गुडिरहेका छन्। विगतमा विभिन्न माध्यमबाट नेपाल भित्रिएको बीएमडब्लू अहिले लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी प्रिमियमले बिक्री गर्दै आएको छ। 

बीएमडब्लूको सोरुम काठमाडौंको तीनकुनेमा छ। हाल नेपाली बजारमा बीएमडब्लूका सेभेन सिरिज, एक्सथ्री, एक्स्फाइभलगायत मोडलउपलब्ध छन्। 

ज्यागुअर ल्यान्ड रोभर

बेलायती ब्रान्ड ल्यान्डरोभरका गाडी नेपाली बजारमा विगत लामो समयदेखि बिक्री हुँदै आएको छ। ल्यान्ड रोभरका विभिन्न मोडलका गाडी बिक्री भइरहेका छन्। त्यस्तै ज्यागुअरको आइपेसदेखि एफपेसम्मका कार नेपाली सडकमा गुडी रहेका छन्। 

ज्यागुअर ल्यान्ड रोभरका कार नेपाली बजारमा विगतमा आधिकारिक बिक्रेता मार्फत नै आउने गरेको थियो। तर २०१६ अगस्टदेखि भने किशोर गेयरले आधिकारिक बिक्रेताले बिना नै आयात गर्दै आएको छ। 

मर्सिडिज बेन्ज

जर्मन विलासी ब्रान्ड मर्सिडिजका कार पनि नेपाली सडकमा विगतदेखि नै गुड्दै आएको छ। मर्सिडिजका कार गौतम ट्रेडर्सले आधिकारिक बिक्रेताको रुपमा आयात गर्दै आएको छ। 

तर यो ल्याएर बिक्री गर्ने काम भने किशोर गेयरले गर्दै आएको छ। मर्सिडिजका एसयूभीदेखि सेडान कार उपभोक्ताको रोजाइमा पर्ने गरेको छ।  

अउडी
अउडी पनि जर्मन विलासी कार उत्पादन कम्पनी हो। यो कम्पनीका डिजेल÷पेट्रोल कार नेपाली बजारमा आएका छैनन्। तर दुई वर्षअघि अवैध रुपमा अउडीका विद्युतीय कार नेपाल भित्रिएका थिए। हाल अउडीका ४÷५ वटा विद्युतीय कार सडकमा कुदिरहेका छन्। 

हमर 

अमेरिकी कार उत्पादन जनरल मोटर (जीएम) को सब ब्रान्डको रुपमा रहेको हमर ब्रान्डका कार समेत नेपाली बजारमा उपलब्ध छन्। प्रिमियम ब्रान्डको यो कार निक्कै महगो मानिन्छ। यो कार नेपाली बजारमा २ वटामात्र छन्। 

लेक्सस

टोयोटाको प्रिमियम ब्रान्ड लेक्ससका कार नेपाली बजारमा टोयोटाकै आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले उपलब्ध गराउँदै आएको छ। लेक्ससका कारको मूल्य ४ करोड र ६ करोड रुपैयाँ पर्छ। लेक्ससका कार केही थान बिक्री भएपनि पछिल्लो समय माग कम भएका कारण आयात नगरिएको कम्पनीको भनाइ छ। उपभोक्ताले माग गरेमा लेक्ससका कार आयात गरिने युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ। 

उल्लेखित ब्रान्डका कार नेपाली बजारमा सीमिति संख्यामा बिक्री हुँदै आएको छ। यी कारहरु तुलनात्मक रुपमा महँगा छन्। विद्युतीय कारमा भने सरकारले कर कम लाग्ने व्यवस्था गरेका कारण उत्पादन नै महगाँ हुँदा समेत नेपालमा डिजेल/पेट्रोल कार भन्दा सस्तो हुने गरेको छ।

हाल नेपाली बजारमा कार आयात गर्न आधिकारिक बिक्रेता नै चाहिने कानुनी व्यवस्था छ। त्यसैले प्रिमियम ब्रान्डका गाडी सहज रुपमा भित्रने कठिन छ। 

images

प्रकाशित : बुधबार, असोज २७ २०७८१२:४५
प्रतिक्रिया दिनुहोस