शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एन क्यास वालेटमा थपियो स्मार्ट क्यूआर फिचर्स

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १६ २०७९
एन क्यास वालेटमा थपियो स्मार्ट क्यूआर फिचर्स

स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे  का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

काठमाडौ- शुलभ पेको एन क्यास वालेटमा स्मार्ट क्यूआर फिचर्स थपिएको छ। 

स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनका लागि स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड  र शुलभ पेबीच सम्झौता भएसँगै यो फिचर्स थपिएको हो। 


स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे  का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) वीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने कम्पनीको विश्वास छ। 

सम्झौतासँगै शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन भने शुलभ पे मार्फत बिभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्ने छन् ।


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०६:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend