बिहीबार , वैशाख १३ गते २०८१    
images
images

कफीको न्यूनतम सहमत मूल्य बढ्यो

images
images
images
कफीको न्यूनतम सहमत मूल्य बढ्यो

यसै ड्राइ चेरी ग्रेड ए कफीको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ र ग्रेड बीको मुल्य १ सय १५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- राष्ट्रिष चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ। बोर्डले २०७८ मंसिर १ गतेदेखि लागू हुने गरी तय गरेको मूल्यमा केही बढाएर न्यूनतम मुल्य तोकेको हो। बोर्डले फ्रेस चेरी कफी ग्रेड ए को न्यूनमत समर्थन मुल्य प्रतिकिलो ९५ रुपैयाँ तोकेको छ। गत वर्ष यस्तो कफीको मुल्य प्रतिकिलो ९० रुपैयाँ तोकेको थियो। बोर्डले ८ सय मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड ए मा राखेको छ।

images
images
images

यसैगरी फ्रेस चेरी ग्रेड बीको मुल्य प्रतिकिलो ८५ तोकेको छ। यसको मुल्य गत वर्ष ८० रुपैयाँ थियो। यसैगरी पार्चमेन्ट कफी ग्रेड एको प्रतिकिलो ४ सय ७५ तोकिएको छ। अघिल्लो वर्ष यस्तो कफीको मुल्य प्रतिकिलो ४ सय ५० रुपैयाँ तोकिएको थियो। ए ग्रेड भन्नाले फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११% चिस्यान भएको कफी पार्चमेन्टलार्इ ग्रेड ए मानिनेछ। यसैगरी ग्रेड बीको मुल्य प्रतिकिलो ४ सय २० रुपैयाँ तोकिएको छ। गत वर्ष यस्तो कफीको मुल्य ३९७ रुपैयाँ थियो।

images

यसै ड्राइ चेरी ग्रेड ए कफीको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ र ग्रेड बीको मुल्य १ सय १५ रुपैयाँ तोकिएको छ।

images

images

प्रकाशित : बिहीबार , मंसिर १५ २०७९१०:५२

प्रतिक्रिया दिनुहोस