बिहीबार , वैशाख १३ गते २०८१    
images
images

कतार विश्वकपमा थकाली खानाको माग 

images
images
images
कतार विश्वकपमा थकाली खानाको माग 

कोरोना महामारीकै बीचमा विश्वकप फुटबलमा थकाली खाना राख्ने प्रस्ताव आएकाले यसबारेमा अहिले नै कुनै निर्णय नगरिएको विवेक तुलाचनले बताएका छन्।

images
images

काठमाडौं- कतारमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन ४०७ दिन बाँकी छ। विश्व फुटबलको महाकुम्भमा खेलमार्फत पर्यटन र संस्कृतिको जमघटसमेत हुने गर्दछ। यस्तोमा 'कतार विश्वकपमा थकाली खानाको माग' हुँदा नेपाली खानपान विश्व बजारमा परिचित गराउन पाउने राम्रो मौका आएको छ। 

images
images
images

२०७९ मंसिर ५ गते ‌औपचारिक रुपमा सुरु हुने विश्वकप फुटबलमा जोडिनका लागि नेपालको थकाली खानाको स्टल राख्‍न माग भएको हो। टीथ्री थकाली रेष्टुरेन्ट समूहलाई यस्तो प्रस्ताव आएको छ। 

images

काठमाडौंमा पाँचवटा आउटलेट सञ्चालन गरिरहेको यो समूहलाई विश्वकपमा रहने फुड स्टलमा थकाली स्टल राख्न अफर आएको हो। टीथ्री थकालीले काठमाडौंमा पाँचवटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ। थकाली खानाको स्टल राख्नका लागि इच्छुक भएर त्यहाँको स्टल कन्ट्र्याक्टरबाट आफूलाई अफर आएको टीथ्रीका सञ्चालक विवेक तुलाचनले जानकारी दिएका छन्। 

images

'मलाई थकाली परिकारको स्टल आयोजना स्थलको प्रांगणमा नै राख्ने अफर आएको छ। तर यसबारेमा मैले अहिले नै निर्णय गरिसकेको छैन' तुलाचनले भने। कोरोना महामारीकै बीचमा अफर आएकाले अहिले नै कुनै निर्णय नगरिएको तुलाचनले जानकारी दिए। 

images
images

'तर स्टल राख्ने निर्णय गरेपछि हुने तयारी तथा लगानीको कुरा पनि हुन्छ। सबै कुराको अध्ययन गरेपछि म निर्णयमा पुग्छु' तुलाचनले भने, 'तर म तयार भएपछि स्टल राख्नका लागि कुनै समस्या हुँदैन।' 

विश्वकपमा थकाली परिकारको स्टलबाट व्यक्तिगत व्यावसायिक लाभ मात्र नभएर नेपालको ब्रान्डिङ हुने र अन्तत: देशकै शाखमा वृद्धि हुने उनको विश्वास छ। यद्यपी स्टल राख्दा भने सबै एकल दायित्व हुने भएकाले झट्ट निर्णयमा पुग्न सजिलो नहुने उनको भनाइ छ। 

विश्वकप सहभागी देशबाट कतार पुग्ने लाखौँ फुटबल समर्थकमाझ नेपाली परिकार पस्कन सके त्यसले देशको खानपान संस्कृतिलाई विश्वबजारमा परिचित गराउने मौकासँगै विश्वकपमा देखिने गरि नेपालको उपस्थितिसमेत हुनेछ।

images

प्रकाशित : आइतबार, असोज २४ २०७८०८:५७

प्रतिक्रिया दिनुहोस