शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चालू पुँजी कर्जा मार्गदर्शन - २०७९ संसोधन गर्न खुला छौं-गभर्नर अधिकारी

बिहीबार , मंसिर १५ २०७९
चालू पुँजी कर्जा मार्गदर्शन - २०७९ संसोधन गर्न खुला छौं-गभर्नर अधिकारी

काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा मार्गदर्शन २०७९ का विषयमा छलफलका लागि खुला रहेको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवसको अवसरकरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले मार्गदर्शनका बारेमा छलफल गर्न राष्ट्र बैंक खुला रहेको बताएका हुन्। 

राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनका विररुद्ध निजी क्षेत्रले आवाज उठाइरहेको छ। चरम आर्थिक संकटको समयमा आएको मार्गदर्शनले झन कठिन बनाउने निजी क्षेत्रको तर्क छ।

तर गभर्नर अधिकारीले यो मार्गदर्शन लामो छलफल तथा परामर्शबाट ल्याइएको र कार्यान्वयनमा जाँदा संक्राणको व्यवस्था गरिएकाले कुनै समस्या नल्याउने उनको भनाइ छ।  ‘यो खाली ऋणको सदुपयोगका लागि हो,जुन उद्देश्यका लागि लिइएको हो त्यही परिचालन गराउनका लागि मात्र यसको उद्देश्य हो,’ उनले भने। 

यदि निजी क्षेत्रले तार्किक कमजोरी औल्याएको अवस्थाका छलफल तथा थप सुधारका लागि तयार रहेको अधिकारीले बताए।


प्रकाशित : बिहीबार , मंसिर १५ २०७९०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend