शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेञ्चुरी कमर्सियल लाभांश घोषणा, कहिले आउला खातामा ?

बिहीबार , मंसिर १५ २०७९
सेञ्चुरी कमर्सियल लाभांश घोषणा, कहिले आउला खातामा ?


काठमाडौं-सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ।

२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२ औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ। 

बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्व पचपन्न करोड उनान्चालिस लाख ९ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसामा ४.७५ प्रतिशतले हुन आउने रकम  ४५ करोड ३८ लाख १० हजार ६ सय छयासी रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ। 

कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५% ले हुन आउने रकम  द्द करोड ३८ लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ। 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबिच मिति २०७९/०४/१५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ। जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको छ।
 


प्रकाशित : बिहीबार , मंसिर १५ २०७९०५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend