शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली स्मार्ट क्युआरबाट भुक्तानी गर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १४ २०७९
सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली स्मार्ट क्युआरबाट भुक्तानी गर्न सकिने 

यसमा जोडिएका सहकारीका सदस्यले अबदेखि स्मार्ट क्युआरबाट भुक्तानी गर्न सक्ने भएका छन्। 

काठमाडौं- स्मार्टच्वाईस टेक्नोलोजिज(एससीटी) लिमिटेडद्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ। 

एम डबलीमा १ सय ७० भन्दा धेरै सहकारी जोडिएका छन्। 

यसमा जोडिएका सहकारीका सदस्यले अबदेखि स्मार्ट क्युआरबाट भुक्तानी गर्न सक्ने भएका छन्। 

 भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अवदेखि एम डबली मार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा पाउने भएका छन्। 



प्रकाशित : बुधबार, मंसिर १४ २०७९०७:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend