बिहीबार , वैशाख १३ गते २०८१    
images
images

दुईवर्षकै न्यून लाभांशले  हिमालयन डिष्टिलरीका लगानीकर्ता निराश, सेयर मूल्यमा धक्का

images
images
images
दुईवर्षकै न्यून लाभांशले  हिमालयन डिष्टिलरीका लगानीकर्ता निराश, सेयर मूल्यमा धक्का

लगातार दुईवर्ष १०० प्रतिशत लाभांश दिएको कम्पनीले यसवर्ष ७० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।

images
images

काठमाडौं- पछिल्लो दुईवर्षकै थोरै लाभांश दिएपछि हिमालयन डिष्टिलरीका लगानीकर्ता निराश भएका छन्।

images
images
images

लाभांश घोषणापछि पनि सेयर मूल्य बढ्न सकेको छैन। कम्पनीले सेयरधनीलाई गत वर्षकोभन्दा ३० प्रतिशत न्यून लाभांश दिने घोषणा गरेको छ। लगातार दुईवर्ष १०० प्रतिशत लाभांश दिएको कम्पनीले यसवर्ष ७० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।

images

उक्त लाभांशमध्ये कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको ६० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गर्ने छ। कम्पनीको एकवर्षमा सेयर मूल्य प्रतिकित्ता ३२७५ रुपैयाँले घटेको छ। सेयर लगानीकर्ताले एकवर्षमै ३२१७ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। 

images
hdl 1.JPG

गतवर्ष ७५ प्रतिशत सेयर लाभांश तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सस्तो मूल्यै आएकोले लगानीकर्तालाई भने फाइदा हुने देखिन्छ। कम्पनीको सेयर मूल्य पछिल्लो एकवर्षमा ४२ प्रतिशतले घटेको छ।

images
images

गतवर्ष ७१९५ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ३९७८ रुपैयाँमा कारोबार भइरहेको छ। बधवार पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ मात्रै बढेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ रहेको छ भने बुक भ्यालु २०१ रुपैयाँ रहेको छ। पिई रेसियो ६९ गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 

images

प्रकाशित : बुधबार, मंसिर १४ २०७९०९:३६

प्रतिक्रिया दिनुहोस