शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दुईवर्षकै न्यून लाभांशले  हिमालयन डिष्टिलरीका लगानीकर्ता निराश, सेयर मूल्यमा धक्का

बुधबार, मंसिर १४ २०७९
दुईवर्षकै न्यून लाभांशले  हिमालयन डिष्टिलरीका लगानीकर्ता निराश, सेयर मूल्यमा धक्का

लगातार दुईवर्ष १०० प्रतिशत लाभांश दिएको कम्पनीले यसवर्ष ७० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।

काठमाडौं- पछिल्लो दुईवर्षकै थोरै लाभांश दिएपछि हिमालयन डिष्टिलरीका लगानीकर्ता निराश भएका छन्।

लाभांश घोषणापछि पनि सेयर मूल्य बढ्न सकेको छैन। कम्पनीले सेयरधनीलाई गत वर्षकोभन्दा ३० प्रतिशत न्यून लाभांश दिने घोषणा गरेको छ। लगातार दुईवर्ष १०० प्रतिशत लाभांश दिएको कम्पनीले यसवर्ष ७० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।

उक्त लाभांशमध्ये कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको ६० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गर्ने छ। कम्पनीको एकवर्षमा सेयर मूल्य प्रतिकित्ता ३२७५ रुपैयाँले घटेको छ। सेयर लगानीकर्ताले एकवर्षमै ३२१७ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। 

hdl 1.JPG

गतवर्ष ७५ प्रतिशत सेयर लाभांश तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सस्तो मूल्यै आएकोले लगानीकर्तालाई भने फाइदा हुने देखिन्छ। कम्पनीको सेयर मूल्य पछिल्लो एकवर्षमा ४२ प्रतिशतले घटेको छ।

गतवर्ष ७१९५ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ३९७८ रुपैयाँमा कारोबार भइरहेको छ। बधवार पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ मात्रै बढेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ रहेको छ भने बुक भ्यालु २०१ रुपैयाँ रहेको छ। पिई रेसियो ६९ गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend