शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आइतबारपछि सेयर बजार स्थिर, विश्लेषक भन्छन-नयाँ सरकारसंँगै सेयर बजारमा उभार

बुधबार, मंसिर १४ २०७९
आइतबारपछि सेयर बजार स्थिर, विश्लेषक भन्छन-नयाँ सरकारसंँगै सेयर बजारमा उभार

सत्ता समीकरण कस्तो हुने भन्ने स्पष्ट नभएकाले पनि लगानीकर्ता अहिले विश्वस्त भएका छैनन्। चुनावपछि आर्थिक सूचकले साथ दिने र सेयर बजारमा उत्साह आउने अनुमानकाबीच बजारमा वृद्धि देखिन सकेको छैन। 

काठमाडौं-यो साताभर सेयर बजारमा उतारचढाव जारी छ। आइतबारको वृद्धि भएको सेयर बजारमा र सोमबारको गिरावटपछि मंगलबार र बुधवार पनि सेयर बजार स्थिर देखिएको छ। उतारचढावमा रहेको बजारमा लगानीकर्ता अझै पर्ख र हेरकै सोचमा देखिएका छन्।

सत्ता समीकरण कस्तो हुने भन्ने स्पष्ट नभएकाले पनि लगानीकर्ता अहिले विश्वस्त भएका छैनन्। चुनावपछि आर्थिक सूचकले साथ दिने र सेयर बजारमा उत्साह आउने अनुमानकाबीच बजारमा वृद्धि देखिन सकेको छैन। 

सेयर बिश्लेषक छोटेलाल रौनियार सेयर बजारले नयाँ सरकार खोजिरहेको बताए। ‘राष्ट्र बैंकले अर्थतन्त्र सुधारका धेरै प्रयास जारी राखेको छ, जसको प्रभाव पनि देखिदैँछ,’ रौनियारले भने। अबको केही सातापछि सेयर बजारमा सकारात्मक प्रभाव देखिने उनको बुझाई छ। लाभांश धमाधम घोषणा भइरहेकाले पनि लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा फेरी सेयर स्थिर देखिएको दाबी समेत रौनियारको छ। 

बुधवार पनि सेयर बजारमा झिनो अंकले गिरावट आएको छ। बुधवार पनि ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा पुगेको छ। कारोबार रकम पनि ८४ करोड २६ लाखमा सिमित भएको छ। ६४ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको भने बढेको छ। 

मंगलबार २.९९ अंकले बढेर बजार १९५३.३५ बिन्दुमा पुगेको थियो। १२० कम्पनीको सेयर मूल्य बढ्दा ९५ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो। यो साता यसअघिको दुई कारोबारको तुलनामा मंगलबार कारोबार रकममा पनि ठूलो कमी आएको थियो।

चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको उनीहरूको भनाइ छ। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।

साताको पहिलो दिन आइतबार भने नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको थियो। सोमबार १५.६१ अंकले घटेर बजार १९५०.३७ बिन्दुमा झरेको थियो।


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend