शनिबार, वैशाख ८ गते २०८१    
images
images

एनसीसीको लाभांश सेयरधनीको खातामा, कति आयो ?

images
images
एनसीसीको लाभांश सेयरधनीको खातामा, कति आयो ?
images
images

काठमाडौं-नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीको खातामा लाभांश जम्मा गरिदिएको छ।

images
images
images

बैंकको मंसिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको ७.६३३७ प्रतिशत नगद लाभांश आईपीएसमार्फत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ।

images

नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम नगद लाभांश वापतको रकम सेयरधनीहरुको बैंक खातामा नै रकमान्तर गरिने हुँदा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गरिएका खातामा मंसिर ६ गतेदेखि जम्मा गरेको बैंकले बताएको छ।  

images

साथै, बैंकको सेयर कात्तिक १५ गते सम्ममा धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको नगद लाभांश नो अब्जेक्सन लेटर प्राप्त भएपश्चात् जम्मा गरिने छ ।

images
images

images

प्रकाशित : बुधबार, मंसिर १४ २०७९०७:४८

प्रतिक्रिया दिनुहोस