शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनसीसीको लाभांश सेयरधनीको खातामा, कति आयो ?

बुधबार, मंसिर १४ २०७९
एनसीसीको लाभांश सेयरधनीको खातामा, कति आयो ?

काठमाडौं-नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीको खातामा लाभांश जम्मा गरिदिएको छ।

बैंकको मंसिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको ७.६३३७ प्रतिशत नगद लाभांश आईपीएसमार्फत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम नगद लाभांश वापतको रकम सेयरधनीहरुको बैंक खातामा नै रकमान्तर गरिने हुँदा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गरिएका खातामा मंसिर ६ गतेदेखि जम्मा गरेको बैंकले बताएको छ।  

साथै, बैंकको सेयर कात्तिक १५ गते सम्ममा धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको नगद लाभांश नो अब्जेक्सन लेटर प्राप्त भएपश्चात् जम्मा गरिने छ ।


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend