शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दुई सयले बढ्यो सुनको मूल्य

बुधबार, मंसिर १४ २०७९
दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला  ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला   ९७ हजार छ सय तोकिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार नौ सय थियो ।  त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला  पाँचले बढेर   एक हजार दुई सय ९० पुगेको महासङ्घले जनाएको छ ।


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend