सोमबार, वैशाख १७ गते २०८१    
images
images

तीन दशक सत्ता र शक्तिको केन्द्रमा रहेका कांग्रेस नेता गच्छदारको ओरालो यात्रा

images
images
images
तीन दशक  सत्ता र शक्तिको केन्द्रमा रहेका कांग्रेस नेता गच्छदारको ओरालो यात्रा

२०६६ को माधव नेपाल नेतृत्वको सरकारमा जान आफ्नै नेतृत्वमा गच्छदारले पार्टी फुटाएर फोरम लोकतान्त्रिक गठन गरेका थिए। 

images
images

काठमाडौं- गत वर्ष सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा विजयकुमार गच्छदारलाई राजनीतिक धक्का लागेको थियो। पार्टी फुट्दा र जुट्दा शक्तिमा रहेका गच्छदार महाधिवेसनबाट उपसभापतिमा पराजित भएका थिए। 

images
images
images

देउवा नेतृत्वकै प्यानलबाट उपसभापति पदको उम्मेदवार बनेका गच्छदारलाई धनराज गुरुङले २ मतले पराजित गरेका थिए। सत्ता र शक्तिको आडमा तीन दशकसम्म एकछत्र राज गर्दै आएका कांग्रेस नेता गच्छदारलाई गत मंसिर ४ गते सम्पन्न भएको चुनावी मतपरिणामले अर्को धक्का दिएको छ। 

images

तीन दशक सत्ता र शक्तिमा राज गरेका गच्छदारलाई एमाले नेतृ भगवती चौधरीले तेस्रो प्रयासमा पराजित गरिन्। 

images

२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका गच्छदार शक्तिको आडमा सातौँ जित निकाल्ने अभियानमा थिए। तर यसपटक भने एमाले उम्मेदवार भगवती चौधरीले पराजित गरेकी छन्। पटक पटक मन्त्री हुँदै उपप्रधानमन्त्री समेत बनेका गच्छदार सुनसरी–३ मा एमालेकी भगवतीसँग पाँच हजार मतान्तरले गच्छदार पराजित भएका छन्।  

images
images

भगवतीले ४० हजार ८७८ मत ल्याएर जित्दा गच्छदारले ३५ हजार ६०० मत मात्रै ल्याए। २०७४ र २०७० को चुनावमा भगवतीसँगै प्रतिस्पर्धामा थिए। चौधरीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गरेकी हुन्।  २०७० मा ३६२ चौधरीलाई मतान्तरले जितेका गच्छदारले ०७४ मा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा पनि ३२१ मतान्तरले जितेका थिए। मतपरिणाम प्रति असन्तुष्टि जनाउँदै चौधरीले सर्वोच्चमा रिट दिइन्। तर फैसला भएन। 

यसपटक जनताले चौधरीलाई अनुमोदन गरिदिएका छन्। ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका गच्छदार निलम्बित रहेका थिए। पछिल्लो समयमा गच्छदारको शक्ति भने कमजोर हुँदै गयो। ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको थियो। लामो समय फरारको अवस्थामा रहेका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै विशेष अदालतमा हाजिर भएर जमानत लिएका थिए। 

सांसद निर्वाचित भएको भए पनि गच्छदारको संसद भवन प्रवेश हुने थिएन। मुद्दाको अन्तिम किनारा नलागुन्जेल निलम्बनमै हुने थिए। 

पञ्चायतको अन्त्य लगत्तै २०४८ मा भएको चुनावमा सुनसरी–२ बाट गच्छदार निर्वाचित भएका थिए। २०६४ को चुनावमा गच्छदारले कांग्रेस छाडेर फोरमको मसाल चिह्नबाट चुनाव लडेका थिए।  यसपटक त गच्छदारले सुनसरी–३मोरङ–७ गरी दुई ठाउँबाट चुनाव जिते। दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार निकटतम प्रतिद्वन्द्वी थिए। सुनसरी–३ मा कांग्रेसका अगमलाल चौधरी र मोरङ–७ मा शेखर कोइराला उम्मेदवार थिए।

२०६६ को माधव नेपाल नेतृत्वको सरकारमा जान आफ्नै नेतृत्वमा गच्छदारले पार्टी फुटाएर फोरम लोकतान्त्रिक गठन गरेका थिए। 

 

images

प्रकाशित : बुधबार, मंसिर १४ २०७९०५:४१

प्रतिक्रिया दिनुहोस