शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लघुवित्तको लाभांश वितरणमा राष्ट्र बैंकको खुकुलो नीतिले लगानीकर्तालाई राहत

बुधबार, मंसिर १४ २०७९
लघुवित्तको लाभांश वितरणमा राष्ट्र बैंकको खुकुलो नीतिले लगानीकर्तालाई राहत

त्यसैगरी खुद वितरण योग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका लघुवित्त वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो। 

काठमाडौं- लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरण गर्मान नेपाल राष्ट्र बैंकले खुकुलो बनाइदिएको छ। यसअघि लघुवित्तहरूले अधिकतम् ३० प्रतिशतसम्म मात्रै नगद लाभांश वितरण गर्न पाउने व्यवस्था रहेकोमा अब त्यस्तो सीमा हटाइएको हो। साथै बोनस शेयरका सन्दर्भमा भने यसअघिको व्यवस्था कायमै राखिएको छ। नयाँ व्यवस्थाअनुसार लघुवित्त कम्पनीहरूले चाहेअनुसार लाभांश वितरण गर्न पाउनेछन्। तर, २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने हो भने त्यसमाथिको रकमको आधार रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ। 

राष्ट्र बैंकले यस अघिको व्यवस्थालाई संशोधन गर्दै लघुवित्तहरूले वितरण गर्न पाउने नगद लाभांशको सीमा बढाएसँगै वित्तीय संस्थाहरूलाई सहज भएको छ। 

लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा धेरै प्रस्ताव गरे त्यसभन्दा बढी प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने नयाँ व्यवस्था केन्द्रीय बैंकले  यसअघि पनि गरेको थियो। यस अघि लघुवित्त वित्तीय संस्थाहरूले खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो। 

त्यसैगरी खुद वितरण योग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका लघुवित्त वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो। 

यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा शेयर) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend