शुक्रबार, चैत १६ गते २०८०    
images
images

१८ होटलमा १२ अर्ब १७ करोड रुपैयाँको लगानी प्रतिबद्धता

४ ठूला होटलमा मात्रै ८ अर्बको लगानी

images
images
१८ होटलमा १२ अर्ब १७ करोड रुपैयाँको लगानी प्रतिबद्धता

उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता हुन आएका १०२ उद्योगमध्ये १८ वटा होटल तथा रेष्टुरा छन्। जुन दर्ता हुन आएकामध्ये १८ प्रतिशत हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ४ महिनामै होटल तथा रेस्टुराँमा लगानीको आकर्षण देखिएको छ। चालु आवको ४ महिनामै साना तथा ठूला गरी १८ वटा होटलमा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ।

images
images
images

उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता हुन आएका १०२ उद्योगमध्ये १८ वटा होटल तथा रेष्टुराँ छन्, जुन दर्ता हुन आएकामध्ये १८ प्रतिशत हो।

images

दर्ता भएकामध्ये चारवटा ठूला होटल रहेका छन्। अन्य १४ वटामा भने १५ करोडदेखि ६० करोड रुपैयाँसम्मको लगानी रहेको छ। ठूला होटलमा आएको लगानी प्रतिबद्धता स्वदेशी रकम रहेको छ भने सानामा विदेशी लगानी रहेको छ।

images
images

विभागका अनुसार ४ महिनामा १८  होटलमा १२ अर्ब १७ करोड २४ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आयुष्मान होटल निर्माणका लागि आएको छ।

झापाको मेचीनगरमा २ अर्ब ५१ करोड रुपैयाँको लगानीमा आयुष्मान होटल बन्ने गरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुरासमेत बन्ने छ। शतप्रतिशत नेपाली लगानी रहने होटलमा तीन सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ। यो होटलमा व्यवसायी इन्द्रप्रसाद सुवेदीसहितको लगानी रहने छ।

यसैगरी काठमाडौंमा बुढानीलकण्ठमा बुढानीलकण्ठ हेरिटेज लिमिटेड दर्ता भएको छ। बुढानीलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोडको लगानी प्रतिवद्धता आएको छ। होटलमा १ सय २ बेड र ३ सय सिट क्षमताको रेष्टुरा बन्ने छ। शतप्रतिशत नेपाली लगानी रहेको होटलमा १ हजार ५ सय केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।

उद्योग विभागका अनुसार झापाको मेचीनगरमा नगरपालिका वडा नम्बर १० मा होटल ईष्टर्न निर्माण हुनेगरि दर्ता भएको छ। होटल ईष्टर्नमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रुपैयाँको लगानी प्रतिवद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टर्न होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा शतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

साथै रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका मार्स हस्पिटालिटी ग्रुप प्रालिले होटल सञ्चालन गर्न लागेको हो। होटलमा १ अर्ब ३८ करोड २६ लाख रुपैयाँ लगानी हुनेछ। होटल २ सय बेड क्षमताको निर्माण हुने छ। होटलमा शत प्रतिशत स्वदेशी लगानी रहने छ।

यसैगरी १५ करोडको विदेशी लगानीमा काठमाडौंमा मारीय होटल तथा रेष्टुरा निर्माण हुने भएको छ। ४५ बेड क्षमताको होटलमा १७२ सीट क्षमताको रेष्टुरा रहने छ। साथै होटलमा ५९ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ।

यसैगरी २० करोडको लगानीमा युवान होटल एण्ड रेष्टुरेन्ट निर्माण हुने भएको छ। ५० बेड क्षमताको होटलमा ५५ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ।

साथै १५ करोड रुपैयाँको लगानीमा काठमाडौंमा नै सञ्चालन हुने गरी हुवालिन होटल एण्ड रेष्टुरेन्ट दर्ता भएको छ। होटलमा विदेशी लगानी रहनेछ। ४० बेड क्षमताको होटलमा ८५ जनाले रोजगारी पाउने छन्। यसैगरी ५ करोड ५० लाखको लगानीमा काठमाडौँमै  जिन मेन होटल प्रालि सञ्चालन हुने गरी दर्ता भएको छ। होटलमा २२ वेड रहेन छ।

 

कुन होटलमा कति लगानी?

होटलको नाम लगानी रकम रुपैयाँमा
होटल ईष्टर्न नेपाल प्रा. लि. 1,690,771,975
बुढानिलकण्ठ हेरिटेज लिमिटेड 2,400,000,000
आयुष्मान होटल्स लिमिटेड 2,510,000,000
मारीया होटल एण्ड रेष्टुरेण्ट प्रा. लि. 150,000,000
युवान होटल एण्ड रेष्टुरेण्ट प्रा. लि. 200,000,000
हुवालिन होटल एण्ड रेष्टुरेण्ट प्रा. लि. 150,000,000
जिन मेन होटल प्रा. लि. 55,000,000
मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रा. लि. 370,000,000
ग्राण्ड सेन्ट्रल होटल प्रा. लि. 600,000,000
पशुपति रेक्रिएशन प्रा. लि. 170,000,000
आजु होल्डिङ प्रा. लि. 300,000,000
हाई मेई होटल एण्ड रेष्टुरेण्ट प्रा. लि. 200,000,000
होटल पञ्चावती प्रा. लि. 330,000,000
दोर्जेज् फार्म रिसोर्ट प्रा. लि. 550,000,000
लोन्नी चिकेन चप प्रा. लि. 50,000,000
बन्दीपुर केवलकार एण्ड टुरीजम लिमिटेड 864,000,000
प्लेजर नेपाल प्रा. लि. 200,000,000
मार्स हस्पिटालिटी ग्रुप प्रा. लि. 1,382,655,328

 

images

प्रकाशित : बुधबार, मंसिर १४ २०७९०२:०४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ