बिहीबार , वैशाख ६ गते २०८१    
images
images

स्थिर देखियो सेयर बजार, विश्वासको वातावरण पर्खंदै लगानीकर्ता

images
images
स्थिर देखियो सेयर बजार, विश्वासको वातावरण पर्खंदै लगानीकर्ता
images

काठमाडौं- यो साता आइतबारको वृद्धि र सोमबारको गिरावटपछि मंगलबार सेयर बजार स्थिर देखिएको छ। उतारचढावमा रहेको बजारमा लगानीकर्ता अझै पर्ख र हेरकै सोचमा देखिएका छन्।

images
images
images

सत्ता समीकरण कस्तो हुने भन्ने स्पष्ट नभएकाले पनि लगानीकर्ता अहिले विश्वस्त भएका छैनन्। चुनावपछि आर्थिक सूचकले साथ दिने र सेयर बजारमा उत्साह आउने अनुमानकाबीच बजारमा वृद्धि देखिन सकेको छैन।

images

मंगलबार २.९९ अंकले बढेर बजार १९५३.३५ बिन्दुमा पुगेको छ। १२० कम्पनीको सेयर मूल्य बढ्दा ९५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। यो साता यसअघिको दुई कारोबारको तुलनामा मंगलबार कारोबार रकममा पनि ठूलो कमी आयो।

images

चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको उनीहरूको भनाइ छ। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।

images
images

साताको पहिलो दिन आइतबार भने नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको थियो। सोमबार १५.६१ अंकले घटेर बजार १९५०.३७ बिन्दुमा झरेको थियो।

 

images

प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस