शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

स्थिर देखियो सेयर बजार, विश्वासको वातावरण पर्खंदै लगानीकर्ता

मंगलबार, मंसिर १३ २०७९
स्थिर देखियो सेयर बजार, विश्वासको वातावरण पर्खंदै लगानीकर्ता

काठमाडौं- यो साता आइतबारको वृद्धि र सोमबारको गिरावटपछि मंगलबार सेयर बजार स्थिर देखिएको छ। उतारचढावमा रहेको बजारमा लगानीकर्ता अझै पर्ख र हेरकै सोचमा देखिएका छन्।

सत्ता समीकरण कस्तो हुने भन्ने स्पष्ट नभएकाले पनि लगानीकर्ता अहिले विश्वस्त भएका छैनन्। चुनावपछि आर्थिक सूचकले साथ दिने र सेयर बजारमा उत्साह आउने अनुमानकाबीच बजारमा वृद्धि देखिन सकेको छैन।

मंगलबार २.९९ अंकले बढेर बजार १९५३.३५ बिन्दुमा पुगेको छ। १२० कम्पनीको सेयर मूल्य बढ्दा ९५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। यो साता यसअघिको दुई कारोबारको तुलनामा मंगलबार कारोबार रकममा पनि ठूलो कमी आयो।

चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको उनीहरूको भनाइ छ। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।

साताको पहिलो दिन आइतबार भने नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको थियो। सोमबार १५.६१ अंकले घटेर बजार १९५०.३७ बिन्दुमा झरेको थियो।

 


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend