शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एससीटी र  एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर भुक्तानी सम्झौता 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १३ २०७९
एससीटी र  एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर भुक्तानी सम्झौता 

यो सम्झौतासँगै  एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग  प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन

काठमाडौं- भुक्तानी प्रणाली सेवाप्रदायक एससीटी(स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड) र एभरेष्ट बैंकबीच भुक्तानी सेवा सञ्चालनका सम्बन्धमा सम्झौता भएको छ। 

स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता भएको हो। 

सम्झौता पत्रमा एससीटीका तर्फबाट नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन्। 

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजी र बैंकबीचको यो सम्झौताले डिजिटल भुक्तानी सेवा अझै सरल हुने दुबै संस्थाको विश्वास छ। 

यो सम्झौतासँगै  एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग  प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने एभरेष्ट बैंक मार्फत बिभिन्न व्यवसायमा संलग्नले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । 


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend