शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एसबिआई बैंकको सेयरधनीलाई लाभांश प्रस्ताव, नगद र बोनस सेयर कति?

मंगलबार, मंसिर १३ २०७९
एसबिआई बैंकको सेयरधनीलाई लाभांश प्रस्ताव, नगद र बोनस सेयर कति?

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीलाई ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। 

बैंकको मंसिर १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजन सहित ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

बैंकले गतवर्ष चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस र १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो।


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend