आइतबार, वैशाख २३ गते २०८१    
images
images

मदिरा र चुरोट उद्योगले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने 

images
images
images
मदिरा र चुरोट उद्योगले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने 

 यसअघि विभागले वार्षिक १० करोड रुपैयाँमाथिको कारोबार गर्ने कम्पनीले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने  व्यवस्था गरेको थियो। 

images
images

काठमाडौं- मदिरा तथा सुर्तिजन्य वस्तुको उत्पादन गर्ने उद्योग प्रतिष्ठानले अनिवार्य विद्युतीय विजक जारी गर्नुपर्ने भएको छ। 

images
images
images

आन्तरिक राजस्व विभागले आउने माघ १ गतेदेखि मदिरा, वियर, वाईन, स्प्रिट उत्पादन गर्ने उद्योगले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने छ। 

images

गुट्खा र चुरोट उत्पादन गर्ने उद्योगले पनि विद्युतीय बिजक जारी गर्नुपर्ने छ। त्यस्तै गएको वर्ष ५ करोडमाथिको कारोबार गरेका सबै गुट्खा उत्पादन गर्ने उद्योगले जारी गर्नुपर्ने छ। 

images

 यसअघि विभागले वार्षिक १० करोड रुपैयाँमाथिको कारोबार गर्ने कम्पनीले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने  व्यवस्था गरेको थियो। 

images
images

सुरुमा वर्षमा ८० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य गरिएको यो व्यवस्था यसअघि ३५ करोडको कारोबारमा अनिवार्य गरिएको थियो।  निश्चित तोकिएका केही व्यवसायका लागि १० करोडको कारोबार गर्नेले पनि यसमा जोडिनुप्ने थियो। 

वार्षिक ५ करोडमाथिको कारोबार गर्ने होटल, रेष्टुरेन्ट तथा चेमनागृह, इन्टरनेट सेवाप्रदायकहरुले पनि अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्छ। 

यसरी अनलाइन बिजक जारी गर्ने कम्पनीको गतिविधि केन्द्रीय बिलिङ मनिटरिङ सिस्टममा जोडिने छ। यसको माध्यमबाट आन्तरिक राजस्व विभागले नियमन गर्नसक्ने छ।

बैंक तथा वित्तीय संस्थालाई भने यो अनिवार्य हुने छैन। तर बक्स अफिसमा जोडिएका काठमाडौं बाहिरका सिनेमा हल पनि जोडिनु पर्ने छ। 

images

प्रकाशित : सोमबार, मंसिर १२ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस