शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मदिरा र चुरोट उद्योगले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने 

सोमबार, मंसिर १२ २०७९
मदिरा र चुरोट उद्योगले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने 

 यसअघि विभागले वार्षिक १० करोड रुपैयाँमाथिको कारोबार गर्ने कम्पनीले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने  व्यवस्था गरेको थियो। 

काठमाडौं- मदिरा तथा सुर्तिजन्य वस्तुको उत्पादन गर्ने उद्योग प्रतिष्ठानले अनिवार्य विद्युतीय विजक जारी गर्नुपर्ने भएको छ। 

आन्तरिक राजस्व विभागले आउने माघ १ गतेदेखि मदिरा, वियर, वाईन, स्प्रिट उत्पादन गर्ने उद्योगले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने छ। 

गुट्खा र चुरोट उत्पादन गर्ने उद्योगले पनि विद्युतीय बिजक जारी गर्नुपर्ने छ। त्यस्तै गएको वर्ष ५ करोडमाथिको कारोबार गरेका सबै गुट्खा उत्पादन गर्ने उद्योगले जारी गर्नुपर्ने छ। 

 यसअघि विभागले वार्षिक १० करोड रुपैयाँमाथिको कारोबार गर्ने कम्पनीले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने  व्यवस्था गरेको थियो। 

सुरुमा वर्षमा ८० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य गरिएको यो व्यवस्था यसअघि ३५ करोडको कारोबारमा अनिवार्य गरिएको थियो।  निश्चित तोकिएका केही व्यवसायका लागि १० करोडको कारोबार गर्नेले पनि यसमा जोडिनुप्ने थियो। 

वार्षिक ५ करोडमाथिको कारोबार गर्ने होटल, रेष्टुरेन्ट तथा चेमनागृह, इन्टरनेट सेवाप्रदायकहरुले पनि अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्छ। 

यसरी अनलाइन बिजक जारी गर्ने कम्पनीको गतिविधि केन्द्रीय बिलिङ मनिटरिङ सिस्टममा जोडिने छ। यसको माध्यमबाट आन्तरिक राजस्व विभागले नियमन गर्नसक्ने छ।

बैंक तथा वित्तीय संस्थालाई भने यो अनिवार्य हुने छैन। तर बक्स अफिसमा जोडिएका काठमाडौं बाहिरका सिनेमा हल पनि जोडिनु पर्ने छ। 


प्रकाशित : सोमबार, मंसिर १२ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend