सोमबार, वैशाख १७ गते २०८१    
images
images

प्रत्यक्षबाट चुनाव जितेर संसद भवन छिर्दै १२ व्यवसायी, कुन पार्टीबाट काे बने सांसद?

images
images
images
प्रत्यक्षबाट चुनाव जितेर संसद भवन छिर्दै १२ व्यवसायी, कुन पार्टीबाट काे बने सांसद?
images
images

काठमाडौं- पछिल्लो समय उद्योगीव्यवसायीहरू राजनीतिमा आउन हानथाप गरिरहेका छन्। दुईवटा संविधानसभामा समानुपातिक सांसद बनेर संसद भवन जाने गरेका व्यवसायी २०७४ को चुनावपछि भने प्रत्यक्षमै मैदानमा होमिन थालेका छन्। 

images
images
images

गत मंसिर ४ गते सम्पन्न चुनावबाट एक दर्जन उद्योगी र निर्माण व्यवसायी प्रत्यक्षबाटै निर्वाचित भएका छन्। योसँगै संसद भवनमा १२ जना व्यवसायीहरू जाने छन्। यसपकट सांसद मात्रै हुने छैनन् उनीहरू मन्त्रीसमेत बन्ने सम्भावना छ। 

images

सम्भवतः ठूलै मन्त्रालय नै उद्योगीहरूले सम्हाल्ने देखिएको छ। व्यवसायीहरू सांसद बन्न हुने र नहुने विषयमा दुई तर्कहरू समाजमा देखिने गरेका छन्। कतिपयले आफूलाई सजिलो हुनेगरी कानून बनाउने भूमिका खेल्ने आरोप लगाउने गरेका छन् भने कतिपयले व्यवसायीहरू राजनीतिमा आउँदा समग्र राजनीति नै सुधारिने तर्कसमेत गर्दै आएका छन्। 

images

उद्योगपति विनोद चौधरी पश्चिम नवलपरासी-१ बाट निर्वाचित भएका छन्। कांग्रेसबाट उम्मेदवार भएका चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई पारजित गर्दै सांसदमा चुनिएका हुन्। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरी यसअघि २०६४ र २०७४ मा समानुपातिक सूचिबाट सांसद बनेका थिए। 

images
images

सिन्धुली १ बाट श्यामकुमार घिमिरे निर्वाचित भएका छन्। एमालेका प्रदीप कटुवाललाई पराजित गर्दै घिमिरे कांग्रेसबाट निर्वाचित भएका हुन्। घिमिरे समाज डेन्टल अस्पतालका संस्थापक हुन्। 

पर्यटन व्यवसायी राजेन्द्र बजागाईं गोरखा-१ बाट एमालेका रामशरण बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका छन्। स्वास्थ्य व्यवसायी डा. सुनिल शर्मा मोरङ-३ एमालेका भानुभक्त ढकाललाई पाराजित गर्दै निर्वाचित भएका छन्। 

निर्माण व्यवसायी कान्छामान तामाङ रामेछापबाट विजयी भएका छन्। उनले एमालेका कैलाशप्रसाद ढुंगेललाइ पराजित गरेका हुन्। 

जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गरेका दीपक खड्का संखुवासभाबाट विजयी भएका छन्। उनले निकटतम् प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गरेका हुन्। अर्का निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट विजयी भएका छन्। कांग्रेसबाट उम्मेदवार भएका आचार्यको निकटतम प्रतिस्पर्धी एमालेका छोवाङ तेन्जिङ तामाङ रहेका थिए। 

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। जलविद्युत, वैदेशिक रोजगारलगायत व्यवसायी लालप्रसाद (एलपी) सावाँ लिम्बू झापा-४ बाट निर्वाचित भएका छन्। लिम्बूले कांग्रेसका देउकुमार थेबेलाइ पराजित गरेका हुन्। व्यवसायी किसान श्रेष्ठ बारा-४ बाट विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठले एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन्। 

सिराहा-४ बाट जसपाका वीरेन्द्रप्रसाद महतो विजयी भएका छन्। उनले प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई पराजजित गरेका हुन्। महतोको बैंक तथा वित्तीय संस्था, जलविद्युत, स्वास्थ्यमा लगानी रहेको छ। निर्माण व्यवसायी विक्रम पाण्डे चितवन-३ बाट विजयी भएका छन्। उनले माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीलाई पराजित गरेका हुन्। 

राजनीतिक दलमा विभिन्न कारणले प्रभाव पार्न सफल व्यवसायीहरू प्रत्यक्षबाटै निर्वाचित भएकाले उनीहरू संलग्न दल सरकारमा गए आकर्षक मानिएको मन्त्रालयको नेतृत्व व्यवसायीले गर्ने छन्।

images

प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०४:५६

प्रतिक्रिया दिनुहोस