काठमाडौं- सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउने भएको छ।
विकास ऋणपत्र मार्फत् राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ८ अर्ब ऋण उठाउने भएको छ।
२ वर्षे अधविधिको विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्नसक्ने छन्।
मंसिर १३ गते बोलकबोल हुने यो ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने छ। यो विकास ऋणपत्रको साँवा भने २०८१ सालको मंसिरमा भुक्तानी हुने छ।
प्रत्येक छ महिनामा ब्याज भुक्तानी हुने यो ऋणपत्र खरिद गर्न चाहनले न्यूनतम ५० हजार रुपैयाँ प्रस्ताव गर्नुपर्ने छ।