शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावपछिको सत्ता समीकरण स्‍पष्ट नहुँदा सेयर बजारमा प्रभाव, अझै उतारचढावमै

सोमबार, मंसिर १२ २०७९
चुनावपछिको सत्ता समीकरण स्‍पष्ट नहुँदा सेयर बजारमा प्रभाव, अझै उतारचढावमै

काठमाडौं- धितोपत्र बजारमा चुनावपछि सेयर कारोबारमा पहिलोपटक आइतबार उत्साह देखिए पनि सोमबार पुन: बजार ओरालोतिर लागेको छ। एकदिनको वृद्धिपछि घटेको बजारमा लगानीकर्ता अझै पर्ख र हेरकै सोचमा देखिएका छन्।

सत्ता समीकरण कस्तो हुने भन्ने स्पष्ट नभएकाले पनि लगानीकर्ता अघि बढेका छैनन्। चुनावपछि आर्थिक सूचकले साथ दिने र सेयर बजारमा उत्साह आउने अनुमानकाबीच बजारमा वृद्धि देखिन सकेको छैन। साताको पहिलो दिन आइतबार भने नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको थियो।

सोमबार १५.६१ अंकले घटेर बजार १९५०.३७ बिन्दुमा झरेको छ। ३६ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ४९ करोड ४३ लाख रूपैयाँको कारोबार भएको छ। आइतबारको तुलनामा कारोबार रकममा समेत कमी देखियो। आइतबार २ अर्ब २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको उनीहरूको भनाइ छ। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।

 


प्रकाशित : सोमबार, मंसिर १२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend