काठमाडौं- सोमबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबार भने सुनचाँदीको मूल्य स्थिर थियो। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।
आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका लागि छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको हो। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।