सोमबार, असोज ८ गते २०८०    

झापामा बढ्यो धानको उत्पादकत्व 

images
बिजनेस न्युज
झापामा बढ्यो धानको उत्पादकत्व 

गत वर्ष झापामा ८७ हजार ५ सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार ६ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो।

images

झापा- झापामा वर्षे धानको उत्पादकत्व बढेको छ। गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। 

images

यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए। आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो। 

images

गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो। प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए।

images

त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो। यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ। रासस

images

images

प्रकाशित : सोमबार, मंसिर १२ २०७९०९:१३
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ