शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

टेलिकम र नबिल बैंकको आकर्षक लाभांश आउने चर्चाले सेयर मूल्यमा उभार, कुनको कति आउला?

सोमबार, मंसिर १२ २०७९
टेलिकम र नबिल बैंकको आकर्षक लाभांश आउने चर्चाले सेयर मूल्यमा उभार, कुनको कति आउला?

अन्य बैंकहरुले नगद नै दिएपनि नबिलले भने नगद र बोनस सेयर आधा आधा ल्याउने अनुमान गरिएको छ।

काठमाडौं- लगानीकर्ताका लागि आकर्षक लाभांश आउने चर्चाले नबिल र नेपाल टेलिकमको सेयर मूल्य उचालिएको छ। नबिलको सेयर मूल्य आइतबार पनि प्रतिकित्ता ४५ रुपैयाँ बढेर ८७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै नेपाल टेलिकमको पनि प्रतिकित्ता १६ रुपैयाँ बढेर ८८५ रुपैयाँमा अन्तिम कारोबार भएको हो।

अधिकांश बैंकले नगद लाभांश घोषणा गरिरहेका बेला लगानीकर्ताको ध्यान नबिल बैंक र टेलिकमको सेयरमा जाँदा मूल्य बढेको छ। नबिलले बैंकले सम्भवत: ३० देखि ४० प्रतिशतसम्म लाभांश दिने छ। अन्य बैंकहरुले नगद नै दिएपनि नबिलले भने नगद र बोनस सेयर आधा आधा ल्याउने अनुमान गरिएको छ। त्यस्तै नेपाल टेलिकमले पनि नगद र बाेनस दुवै दिने अनुमान लगानीकर्ताहरुको छ।

ntc.JPG

विभिन्न वित्तीय तथा वाणिज्य बैंकहरूले नगद लाभांश मात्रै सार्वजनिक गरिरहेका बेला नबिलको आर्कषक लाभांश आउने चर्चाले सेयर मूल्य बढेको छ। 

टेलिकमले गतवर्ष ४० प्रतिशत लाभांश दिएको थियो। गतवर्ष बढेर १७९९ रुपैयाँ पुगेको भएपनि पछि घटेको थियो। टेलिकमले पहिलो पटक २०/२० प्रतिशत नगद र बोनस सेयर दिएको थियो। टेलिकमले यसवर्ष पनि ४७ प्रतिशत लाभांश दिने अनुमान गरिएको छ। 

nabil.JPG

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको थिएन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 


प्रकाशित : सोमबार, मंसिर १२ २०७९०२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend