शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनाव सकिएलगत्तै ७ कम्पनीले पाए लघुबीमाको लाइसेन्स

आइतबार, मंसिर ११ २०७९
चुनाव सकिएलगत्तै ७ कम्पनीले पाए लघुबीमाको लाइसेन्स

त्यस्तै, लघु निर्जिवन बीमा ब्यवसाय तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघुबीमाको लाइसेन्स प्राप्त गरेको छन्।

काठमाडौं- चुनाव सकिएसँगै बीमा प्राधिकरणले लघुबिमा व्यवसायका लागि अनुमतिपत्र (लाइसेन्स) दिएको छ। प्राधिकरणले आइतबार लघु जीवन बीमाका लागि तीन तथा लघु निर्जीमन बिमाका लागि चार कम्पनीको आवेदन स्वीकृत गरेको हो।

लघु जीवन बीमा ब्यवसाय तर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएको छ।

त्यस्तै, लघु निर्जिवन बीमा ब्यवसाय तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघुबीमाको लाइसेन्स प्राप्त गरेको छन्।

प्राधिकरणले आवेदकको सेयरधनीहरुको विवरण, व्यवसायिक योजना र अध्ययनको अवलोकन गरि आवेदन दिएका ३१ आवेदन मध्येबाट तीन वटालाई लघु जीवन बीमा कम्पनी र चार वटालाई लघु निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिएको हो।

lagubima.jpg

प्रकाशित : आइतबार, मंसिर ११ २०७९१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend