बिहीबार , चैत १५ गते २०८०    
images
images

चुनावसँगै नयाँ सरकार गठनमा देखिने अलमलकाबीच सेयर बजारमा उत्साह

अंक बढेसँगै कारोबार रकम पनि २ अर्ब नाघ्यो

images
images
चुनावसँगै नयाँ सरकार गठनमा देखिने अलमलकाबीच सेयर बजारमा उत्साह

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको छ।

images
images

काठमाडौं- मंसिर ४ मा सम्पन्न चुनावपछि मतपरिणाम पनि आउने अन्तिम चरणमा रहेको छ। नयाँ सरकार गठनको अलमलकाबीच सेयर लगानीकर्ता भने उत्साहित देखिएका छन्।

images
images
images

जसका कारण साताको पहिलो दिननै सेयर बजार सकारात्मक भएको छ। केही नयाँ पार्टीहरुको उदय र नयाँ सरकारमा पर्न सक्ने प्रभावका कारणले पनि लगानीकर्ता उत्साहित देखिदाँ सेयर बजार दोहोरो अंकले बढेको छ।

images

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको छ। आइतबार ४२ लाख २३ हजार कित्ता सेयर किनबकेच हुँदा २ अर्ब २ करोड रुपैयाँको कारोबार भएको हो।  

images
images

गत बिहीबार ११.५६ अंकको दोहोरो सुधार देखिएको थियो। नयाँ सत्तासमिकरणलाई स्वागत गर्नेगरी बजार केही बढेको छ। बिहीबार १९३३.५५ विन्दुमा पुगेको छ। भने ९२ करोडको कारोबार समेत भएको थियो। बिहीबार १२४ कम्पनीको सेयर मूल्य बढेको थियो। भने ४९ कम्पनीको सेयर मूल्य घटेको छ।

गत साताको साताको मंगलबार ७.१३ अंकले घटेर बजार १९२९.७० बिन्दुमा झरेको बजार बुधबार पनि घटेको थियो। बुधबार ७.७२ अंकले घटेर बजार १९२१.९९ बिन्दुमा झरेको छ। बुधबार १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो। यो साताको पहिलो दिननै सुधारको संकेतले सेयर बजारमा सकारत्मक प्रभाव पर्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्। 


पछिल्ला दिनमा निर्वाचनको माहोलमा सकारात्मक प्रभाव देखिएको बजारमा चुनावको सुरुवाती परिणाम आइरहँदा त्यसको सकारात्मक प्रभाव देखिएको थिएन।

मिश्रित चुनावी परिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिएको विश्लेषकहरू बताइरहेका छन्। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।

images

प्रकाशित : आइतबार, मंसिर ११ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ