शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावसँगै नयाँ सरकार गठनमा देखिने अलमलकाबीच सेयर बजारमा उत्साह

अंक बढेसँगै कारोबार रकम पनि २ अर्ब नाघ्यो

आइतबार, मंसिर ११ २०७९
चुनावसँगै नयाँ सरकार गठनमा देखिने अलमलकाबीच सेयर बजारमा उत्साह

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको छ।

काठमाडौं- मंसिर ४ मा सम्पन्न चुनावपछि मतपरिणाम पनि आउने अन्तिम चरणमा रहेको छ। नयाँ सरकार गठनको अलमलकाबीच सेयर लगानीकर्ता भने उत्साहित देखिएका छन्।

जसका कारण साताको पहिलो दिननै सेयर बजार सकारात्मक भएको छ। केही नयाँ पार्टीहरुको उदय र नयाँ सरकारमा पर्न सक्ने प्रभावका कारणले पनि लगानीकर्ता उत्साहित देखिदाँ सेयर बजार दोहोरो अंकले बढेको छ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको छ। आइतबार ४२ लाख २३ हजार कित्ता सेयर किनबकेच हुँदा २ अर्ब २ करोड रुपैयाँको कारोबार भएको हो।  

गत बिहीबार ११.५६ अंकको दोहोरो सुधार देखिएको थियो। नयाँ सत्तासमिकरणलाई स्वागत गर्नेगरी बजार केही बढेको छ। बिहीबार १९३३.५५ विन्दुमा पुगेको छ। भने ९२ करोडको कारोबार समेत भएको थियो। बिहीबार १२४ कम्पनीको सेयर मूल्य बढेको थियो। भने ४९ कम्पनीको सेयर मूल्य घटेको छ।

गत साताको साताको मंगलबार ७.१३ अंकले घटेर बजार १९२९.७० बिन्दुमा झरेको बजार बुधबार पनि घटेको थियो। बुधबार ७.७२ अंकले घटेर बजार १९२१.९९ बिन्दुमा झरेको छ। बुधबार १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो। यो साताको पहिलो दिननै सुधारको संकेतले सेयर बजारमा सकारत्मक प्रभाव पर्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्। 


पछिल्ला दिनमा निर्वाचनको माहोलमा सकारात्मक प्रभाव देखिएको बजारमा चुनावको सुरुवाती परिणाम आइरहँदा त्यसको सकारात्मक प्रभाव देखिएको थिएन।

मिश्रित चुनावी परिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिएको विश्लेषकहरू बताइरहेका छन्। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend