शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निफ्राको लाभांश पारित, सेयरधनीको खातामा कति आउँछ?

आइतबार, मंसिर ११ २०७९
निफ्राको लाभांश पारित, सेयरधनीको खातामा कति आउँछ?

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको शनिवार सम्पन्न साधारण सभा मार्फत चुक्ता पूँजी २१ अर्ब ६० करोड को ४ प्रतिशतले  हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ।

लाभांश पारित भएसँगै ५० कित्ता हुने सेयरधनीले प्रतिकित्ता ४ रुपैयाँले दरले २ सय रुपैयाँ पाउने छन्। स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ। 

आव २०७८/७९ सम्म आईपुग्दा बैंकल ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र  सोही अवधिमा बैंकले १ अर्ब २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालिन पूर्वाधारहरुमा सफल अभ्यासहरु अंगालि सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रबर्धन गर्ने विषयहरुलाई मुख्य आधार स्तम्भ बनाई चार वर्षे रणनीतिक योजना अनुरुप व्यवसायिक गतिविधिहरुलाई तिब्रता दिएको छ।  

 


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend